पाँचौँ राइनास कपको उपाधि आयोजककै हातमा

लमजुङ । लमजुङमा सञ्चालन गरिएको पाँच लाख रुपैया पुरस्कार राशीको पाँचौँ राइनास कपको उपाधी आयोजककै हातमा परेको छ । गत वर्षको राइनास कपको विजेता तार्कघाट युनेस्कोलाई हराउदै आयोजक अर्थात राइनास– ११ टिमले पाँचौ राइनास कपको उपाधी जितेको हो ।

आयोजक राइनास– ११ र तार्कुघाट युनेस्कोका विच भएको फाइनल खेलमा १– ० गोल गर्दै आयोजक टिमले जित हासिल गरेको हो । विजेता आयोजक टिमले उपाधिका साथमा पाँच लाख रुपैया पुरस्कार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । यसैगरी, उपविजेता तार्कुघाट युनेस्को टिमले २ लाख ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष टकेन्द्रराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार उक्त खेलमा एक मात्र निर्णायक गोल गरेका राइनास– ११ का लिलिजङ तामाङ म्यान अफ दि म्याच घोषित भए । तामाङलाई २५ सय नगद पुरस्कार र मायाको चिनो प्रदान गरिएको छ । अध्यक्ष चिलुवालले भने, ‘फाइनल खेलमा गोल गर्न सफल तामाङलाई स्थानीय शोभा पन्थीले हौसला प्रदान गर्दै व्यक्तिगत रुपमा नगद १५ सय पुरस्कार प्रदान गरिन् ।’ विगतका विर्षसम्म पहिलो पुरस्कार राशि तीन लाख रुपैयाँ रहेकोमा यो वर्ष दुई लाख थप गरी पाँच लाख बनाइएको अध्यक्ष चिलुवालले जानकारी दिए ।

यसैगरी, आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति(राइनास ११) का सञ्जय श्रेष्ठले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् । उनले प्रतियोगिता अवधिभर ३ गोल गरेका थिए । अयोजक टिमकै सन्दीप रानामगर सर्वोत्कृष्ट खेलाडी र रमेश श्रेष्ठले उत्कृष्ट गोलकिपरको उपाधि हात पारेका छन् । तीनै जना खेलाडीले जनही १५ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र दिइएको खेल संयोजक एवम् आयोजक समितिका पूर्वअध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

राइनास नगरपालिका– ६ को धमिलिकुवा स्थित गौलिटार क्षेत्रिय खेलमैदानमा माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिमले भाग लिएका थिए । फाइनल खेलमा राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नगरपालिकाका प्रमुख गुरुङ सहित राइनास नगरपालिका– ६ का वडा अध्यक्ष गोविन्द चिलुवाल, ९ का वडा अध्यक्ष लुविन्द्र गुरुङ, आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष टकेन्द्रराज चिलुवाल, पूर्व अध्यक्ष किरण श्रेष्ठ, समितिका पदाधिकारीहरूले संयुक्त रुपमा पुरस्कार वितरण गरेको आयोजक समितिका सचिव प्रदिपजंग गुरुङले जानकारी दिए । उनैले सञ्चालन गरेको पुरस्कार वितरण कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष सरोज तामाङ (लिला)ले स्वागत गरेका थिए ।

गौलिटार क्षेत्रिय खेलमैदान समितिले राइनास नगरपालिकाको सहयोगमा आयोजना गरेको पाँचौ राइनास कप सफल बनाउन देश विदेशमा रहेका राइनासबासीसँगै अन्य विभिन्न व्यक्तित्वहरू तथा संघ सस्थालाई समितिले समापनका अवसरमा सम्मान गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल