सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 592 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा