रौतहट । जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
कारबाही गर्नुको साटो हत्यारा, भ्रष्टाचारीसंग प्रधानमन्त्रीको हिमचिम बढ्यो : प्रभु साह
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
एक करोड लागतमा पुस्तकालय भवन निर्माण
ईश्वरपुरमा दिनदहाडै फर्वाड माइक्रोफाइनान्सका कर्मचारी लुटिए
दशौं राष्ट्रिय खेलकुदको तयारीप्रति कर्णालीका मुख्यमन्त्री असन्तुष्ट






