काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। सोमबार बसेको एमाले कर्णाली प्रदेश कमिटीको नवौँ सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।
समितिका सदस्यहरूमा कालीकोटका मानव बम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी रहेका एमाले कर्णाली प्रदेश कमिटी सचिवलय सदस्य तथा संगठन विभाग उपप्रमुख इन्द्रबहादुर केसीले जानकारी दिए।
उनकाअनुसार समितिले १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचारप्रचार लगायत निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
यस्तै, बैठकले विभिन्न जिल्लाहरूबाट ६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको छ। जसमा सुर्खेतबाट कोकिला सिंह र धीरबहादुर शाही, सल्यानबाट कुलबहादुर गिरी र दानबहादुर शाही, जाजरकोटबाट वेदबहादुर शाही र दैलेखबाट वीरबहादुर रावतलाई मनोनीत गरिएको केसीले जानकारी दिए।
सम्बन्धित समाचार
सुर्खेत–२ मा नयाँ अनुहारहरुबीच भीडन्त
कर्णालीमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी
कारबाही गर्नुको साटो हत्यारा, भ्रष्टाचारीसंग प्रधानमन्त्रीको हिमचिम बढ्यो : प्रभु साह
चुनावी दौडधुपबीच ताप्लेजुङ पुगे बालेन, शुक्रवार पाथीभरा दर्शन गर्ने
स्याउ बगैँचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
निर्वाचन आचार संहिता पालना गर्न जोड
महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी






