काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । लामिछानेको देब्रे खुट्टामा समस्या देखिएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको लामिछानेको सचिवालयले जनाएको छ ।
केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो । सचिवालयका अनुसार लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोटको संक्रमण छालाको भित्री तहमा फैलिएको छ ।
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको जनाएपछि लामिछानेलाई भर्ना गरिएको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
अविनाशका अनुसार केहि दिनको उपचार पछि मात्रै लामिछाने सक्रिय हुने छन् । उनले भने,’चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनुहुन्छ ।’
सचिवालयले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर पर्न सक्ने तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिन समेत आग्रह गरेको छ । लामिछाने केहि दिन देखि सक्रिय नदेखिएपछि सामाजिक सञ्जालमा उनको खोजी भएको थियो ।
सम्बन्धित समाचार
रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
देशभर चुनावी सरगर्मीः कांग्रेस अदालतदेखि आयोगसम्म
मधेस प्रदेशसभा सदस्य रहबर अन्सारी रास्वपा प्रवेश गर्दै
बालेन्द्र साहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता
रुपन्देही २ मा विष्णु पौडेलले गरे उम्मेदवारी दर्ता
३५ वर्षमुनिका ५ सय बढी उम्मेदवार
कोशीका ७ जिल्ला घुमेर काठमाडौं फर्किए बालेन






