१५औं खुम्बु ल्होसार कप २४ माघबाट

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ आगामी २४ माघ देखि सुरु हुने भएको छ । यो प्रतियोगिता खुम्बू ल्होसार कपको १५औं सस्करण हो । शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औं सम्करण महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो ।

महन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार सोलुखम्बुको खम्ब पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटवल प्रतियोगिता सुरु गरेका थिए । प्रतियोगिताले फुटवल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेपा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो।

यसअघि विभिन्न कारणले स्थगित हुदै आएको खुम्बु ल्होसार कपको १५औं संस्करण यसपटक २४ माघदेखि ३ फागुनसम्म सञ्चालन हनेछ । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन् । हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएका छन् ।

‘यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुबैको प्रवद्र्धन गर्नु हो’ उनले भने । ल्होसार पर्वको अवसरमा आयोजना हुँदै आएको खुम्बु लोसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा विकासत हद आएको छ । सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानोगौचन मैदानमा हुँदै आएको थियो । तर, विभिन्न कारणले गर्दा सन् २०२५ मा प्रतियोगिता आयोजना गर्न सकिएन । यसैले यस वर्ष २०२३ मा खुम्बु ल्होसार कप एन्फा मैदानमा आयोजना गर्ने निर्णय गरिएको उनले बताए ।

यस प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू महेन्द्र ज्योति एक्स स्टुडेन्ट फारम फराक महेन्द्र ज्योति पूर्व विद्यार्थी फोरम, फारक, नाम्चे युवा समूह, नाम्चे (नम्चे युवा समूह, नाम्चे) , खुम्जुङ युथ क्लव खम्जुङ ,खन्दे कम्युनिटी क्लव, खुम्चे खुन्दे सामुदायिक क्लब, खुन्दे, ठमिछोवा क्लब ठमिछोवा फुटबल क्लब, थामे र अमादब्लम यथ वृष, पाइबोच अमदब्लम युवा समूह, पाङ्बोचे रहेका छन् ।

अध्यक्ष शेपाका अनुसार वार्षिक रूपमा आयोजना हुने यस प्रतियोगिताले खुन्बु पासाङल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटवलमार्फत एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवा र समुदायलाई जोडने साझा उत्सवका रूपमा स्थापित भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार विश्वभर खेलप्रतिको उत्साह तीव्र रूपमा बढ्दै गएको छ जसमा फुटवलको लोकप्रियता झन व्यापक छ । ‘यसै सन्दर्भमा हामी खेलका र पर्यटन दुबैलाई सँगसँगै अघि बढाउँदै नेपालमा खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित अघि चढेका छौं, खेलकुद, विशेषगरी फुटवलको माध्यमबाट नेपालको पर्यटन प्रवर्धन गर्ने योजना अनुसार यस प्रतियोगितालाई सम्भव भएसम्म दीर्घकालीन र प्रभावकारी बनाउने तयारी गरेका छौं, उनले भने।

खुम्बु ल्होसार कप–२०२६ को शीर्ष प्रायोजकका रुपमा १४ पिक्स एक्सपेडिसन प्रालि रहको छ भने सह प्रायोजकमा हेली एभरेष्ट प्रा.लि र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२