अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्मभूषण पदक, समर्थनसँगै विरोध

मुम्बई । दिवंगत बलिउड अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्मभूषण पदकको घोषणा गरिएको छ । यस पटक गणतन्त्र दिवसको अवसर परेर देशको यो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पुरस्कार घोषणा गरिएको हो । सोही क्रममा भारत सरकारले अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्मभूषण प्रदानको निर्णय गरेको हो ।

सरकारले सोमबार गरेको यो निर्णयले उनका प्रशंसकहरूसँगै बलिउड उद्योगका चलचित्रकर्मीहरूलाई एक प्रकारले उत्साहित बनाएको छ । यद्यपि, भारत सरकारले यो सम्मान धर्मेन्द्रलाई जीवित छँदा नै दिनु पथ्र्यो भनेर यति बेला टिप्पणी पनि भएको छ ।

बलिउड चलचित्र निर्देशक गरेका अनिल शर्माले यो पदकलाई सम्बोधन गर्दै मंगलवार भने, ‘काश, धर्मेन्द्रले जीवित छँदा यो पुरस्कार पाएको भए उनी कति खुसी हुने थिए । उनी आफैँले यो सम्मान प्राप्त गर्न सक्थे।’

‘गदर’ जस्ता ब्लक बस्टर चलचित्रहरू निर्देशन गरेका अनिल शर्माले आफ्नो सामाजिक सञ्जालमा दिवंगत धर्मेन्द्रलाई पद्मभूषण पदकको लागि बधाई दिएका छन् । अभिनेता धर्मेन्द्र धेरै पहिले नै यसको हकदार भएको पनि अनिलले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मृत्यु पछि भए पनि धर्मेन्द्रको कामको उच्च मूल्यांकन गरेर उनलाई यो पदकबाट विभूषित गर्ने घोषणा भारत सरकारले गरेकोमा देओल परिवारले कृतज्ञता जाहेर गरेका छन् । परिवारले पनि धर्मेन्द्र यो पदकको हकदार धेरै अघि नै भएको पनि टिप्पणी गरेका छन् ।

दिवंगत अभिनेता धर्मेन्द्रलाई सरकारले यो पदकबाट मरणोपरान्त विभूषित गर्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा अहिले सकारात्मक र नकारात्मक दुवै प्रकारका टिप्पणी आएका छन् । उनलाई जीवित हुँदै यो पदक दिनु पथ्र्यो भन्ने धेरैको सुझाव रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक