एकै रात ३ घर ३ पसलमा श्रृंखलावद्ध चोरी

सप्तरी । सप्तरी सदरमुकाम राजविराजको हिमालय टोलमा मंगलबार मध्य राति आधा दर्जन स्थानमा श्रृंखलाबद्ध चोरी भएको छ । राजविराज ८ स्थित हिमालय टोलमा भएको चोरी घट्नामा प्रहरीको घर देखि साईकल मरम्मतका पसल सम्म छन् ।

चोरले राजविराज ८ स्थित सविता माझी, घनश्याम दास तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत बरिष्ठ प्रहरी हवलदार परशुराम मंडल लगायतको घरबाट लाखौंको धनमाल चोरी गरी लगेका छन् ।

यस्तै राजविराज ८ स्थित मो. युनुसको साइकल मरम्मत पसल, इनर साहको मनोज पान पसल र विनोद साहको विनोद होटलमा समेत चोरी भएको सम्बद्ध व्यक्ति र परिवारजनले जनाएका छन् ।

सविता माझीको घरबाट सुन र चाँदीका गरगहना गरी ३ लाख, प्रहरी हवलदार परशुराम मंडलको घरबाट सुन चाँदीका गरगहना तथा नगद ९५ हजार गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारजनले जनाएका छन् ।

यस्तै घनश्याम दासको घरबाट चाँदीको गरगहना र नगद १५ हजार, मो. युनुसको साइकल मरम्मत पसलबाट १० हजार, मनोज पान पसलबाट १४ हजार तथा विनोद होटलबाट ८ हजार बराबरको धनमाल चोरी भएको सम्बद्ध घरधनी र पसल सञ्चालकले जानकारी दिएका छन् ।

चुनाव नजिकिदा नगरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाई रहेका बेला एकैरात आधा दर्जन घरमा भएको श्रृंखलाबद्ध चोरीको घट्नाले स्थानिय त्रसित भएका छन् ।

उनीहरु प्रहरी गस्ती बढाउन तथा नगरका भित्रि सडकहरुमा समेत निगरानीका लागि सिसिटिभि क्यमरा जडान हुनुपर्ने माग गरेका छन् ।

चोरी घट्ना भएको खबर पाएपछि पुगेको प्रहरीटोलीले स्थानियवासीसंग सोधपुछ तथा पीडित घरधनीहरुबाट आवश्यक विवरण संकलन गरी चोरको खोजी तिब्र बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने