दरबारमार्गस्थित डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । दरबारमार्ग क्षेत्रमा रहेको एक मनोरञ्जन केन्द्रमा बिहान आगलागीको घटना भए पनि हाल स्थिति नियन्त्रणमा आएको छ।

होटेल उडल्यान्डको माथिल्लो तल्लामा सञ्चालनमा रहेको ‘ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्ट’मा आगो लागेको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणको काम अघि बढाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आवश्यक सुरक्षात्मक उपाय अपनाउँदै आगलागी नियन्त्रणमा लिइएको छ। घटनाबाट क्षतिको विवरण सार्वजनिक भएको छैन। आगलागी कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२