हलिउड महिलामाथि हुने दुर्व्यवहारवारे बोलिन क्रिस्टन स्टीवर्ट

लस एन्जलस । बलिउडमा अभिनेत्रीहरूसँग यौनजन्य व्यवहार ‘मि टु’ बढी हुने गरेको भन्दै केही वर्ष यताबाट यस विरुद्ध गरिने व्यवहारको समाचार आउने गरेका छन् । यो प्रशंगमा बहस चलिरहेको बेला हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्टले चलचित्र निर्देशनमा डेब्यु गरेपछि हलिउडमा अभिनेत्रीहरूसँग दुव्र्यवहार हुने गरेको भन्दै त्यसको खुलासा गरेकी छिन् । उनको यो भनाई अहिले हलिउडमा बहस बनेको छ ।

उनले लैंगिक विभेदमा पूर्ण स्वतन्त्र रहेको भनिएको हलिउड चलचित्र उधोग पनि पुरुषवादी प्रवृत्तिबाट मुक्त हुन नसकेको बताएकी छिन् । यहाँका अभिनेत्रीहरूलाई मौका मिलेसम्म पुरुष चलचित्रकर्मीले यौनजन्य शोषण गर्न बाँकी नराख्ने उनको दाबी छ ।

मुख्य गरेर हलिउड अभिनेत्रीहरूलाई उद्योगमा कठपुतली जस्तै व्यवहार गरिने भन्दै त्यसको उनले टिप्पणी गरेकी छिन् । चलचित्र ‘ट्वाइलाइट’बाट प्रसिद्धि कमाएकी यी अभिनेत्रीले उद्योगको ’boutमा अन्य बिसंगतिहरू पनि खुलासा गरेकी छिन् ।

भेराइटी मिडियासँग अभिनेत्री क्रिस्टन स्टीवर्टले हलिउडमा महिलाहरूसँग हुने दुव्र्यवहारको ’boutमा यस्तो खुलासा गरेकी हुन् । आठ वर्षको उमेरबाट चलचित्रमा बाल कलाकारको रूपमा काम गर्न थालेकी क्रिस्टनले अढाई दर्जन चलचित्र तथा वेभ सिरिजमा अभिनय गरिसकेकी छिन् । तर वयस्क भएसँगै उनले चलचित्रमा विभेद सहनु परेको भेराइटीलाई बताएकी छिन् ।

अन्तरवार्ताको क्रममा उनले भनिन्, ‘हलिउड चलचित्र उद्योगमा महिलाहरूलाई धेरै खराब व्यवहार गरिन्छ । यो कुरा मैले तपाईँंहरुलाई अब भन्नै पर्छ, दर्शकहरू सोच्छन् कि यहाँ जो कोही पनि अभिनेत्री बन्न सक्छ, तर जब म पहिलो पटक निर्देशकसँग चलचित्रमा मेरो भूमिका’bout छलफल गर्न बसेँ, त्यति बेलै मैले यो महसुस गरेँ,’ उनले त्यो पल सम्झँदै भनिन्,‘त्यो वार्तामा मानौँ म कुनै प्रकारको प्रतिभा हैन भन्दै निर्देशकले मेरो सुन्दरता र यौन आकर्षक ’boutमा मात्र कुरा गरे ।’

चलचित्र अभिनयसँगै निर्देशनमा समेत डेब्यु गरेपछि यी अभिनेत्रीले आफ्नो चलचित्रमा नारीमाथि विभेद हुन नदिएको बताएकी छिन् । उनले भेराइटीसँग भनिन्,‘निर्देशकहरूमा अलौकिक क्षमता हुन्छ र महिला कलाकार केही जान्दैनन् भन्ने जुन धारणा यहाँ छ, त्यो सत्य होइन र महिलाहरू निर्देशकका कठपुतली पनि हैनन् ।’

अझै पनि हलिउडमा महिलामाथि खराब धारणा पुरुषहरूले कायम राखेका उनको कथन छ । उनले अन्तरवार्ताको क्रममा भनिन्, ‘म सधैँ गुनासो गर्दिन, तर महिला चलचित्रकर्मीहरूको लागि अझै पनि यहाँ खराब अवस्था छ । उनीहरूलाई कठपुतली जस्तो व्यवहार गरिन्छ, यद्यपि उनीहरू त्यस्ता होइनन् ।’

हलिउडमा महिलाहरूको स्थितिको ’boutमा क्रिस्टन स्टीवर्टले आफ्नो विचार व्यक्त गरेको यो पहिलो पटक होइन। उनले भनिन् कि अभिनय सुरु हुनुभन्दा पहिले सेटमा सम्बन्धित दृश्यको ’boutमा सामान्य अभ्यास गरिन्छ, तर यहीबाटै नारीलाई पुरुष निर्देशकले कमजोर रूपमा हेर्ने गर्छन् ।

धेरै महिला कलाकारहरूले आफ्ना कमजोरीहरू तथा समस्याहरू लुकाउने गरेको पनि उनको कथन छ । भोली काम नपाउने समस्या, लाज तथा अन्य कारणले पनि उनीहरूले यस्ता समस्यालाई लुकाउनु परेको पनि यी अभिनेत्रीले बताएकी छिन् । चलचित्रमा काम गर्दा पुरुषहरूलाई आत्मविश्वास कायम राख्न पुरुष निर्देशकले प्रेरणा दिन्छन् भने त्यो कुरा महिला कलाकारमा लागू नहुने पनि उनले खुलासा गरेकी छिन् ।

थुप्रै चलचित्रमा नायिकाको रूपमा काम गरिसकेपछि अभिनेत्री क्रिस्टन स्टीवर्टले चलचित्र ‘द क्रोनोलोजी अफ वाटर’ बाट निर्देशनमा डेब्यू गरेकी हुन् । यो चलचित्रको उनले हालै कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर पनि गरेकी छिन् । आफूले चलचित्र निर्माणको क्रममा महिलाहरू माथि हुने विभेदलाई हटाउन पनि निर्देशकीय जिम्मेवारी लिएको उनको कथन छ ।

उनको यो चलचित्र अमेरिकी लेखिका लिडिया युक्नाविचको संस्मरणमा आधारित छ । चलचित्रले आघातलाई कलामा रूपान्तरण गर्ने एक महिलाको यात्राको कथा प्रस्तुत गरेको छ । उनको यो चलचित्रमा इमोजेन पूट्स, जिम बेलुशी र थोरा बर्चले अभिनय गरेका छन् । चलचित्रबाट प्रिमियरमा राम्रो प्रशंसा पाएपछि आफूसहित धेरै महिलाहरूलाई हलिउडमा काम गर्न हौसला बढेको पनि उनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक