काठमाडौँमा जारी नेपाल कल्चरल चलचित्र महोत्सवमा विदेशीको जमघट

काठमाडौं । काठमाडौँमा शुक्रवारबाट सुरु भएको सातौँ संस्करणको ‘नेपाल कल्चरल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ आइतवरसम्म जारी रहने छ । यो महोत्सवको शुक्रवार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महोत्सवका राष्ट्रिय निर्णायक अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकीलगायतले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता पनि सहभागी थिए ।

महोत्सव अध्यक्ष एवम् निर्देशक सन्तोषी सुवेदीले नेपाली र अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्रहरूलाई एकै थलोमा ल्याएर चलचित्र सांस्कृतिक आदान प्रदानको लागि विगत सात वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको उद्घाटन समारोहमा बताए ।

सुवेदी अनुसार महोत्सवमा महोत्सवमा ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघु चलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । महोत्सव उद्घाटन समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुति, साथै नेपाली एवम् विदेशी चलचित्रहरू प्रदर्शन गरिएको थियो ।

चलचित्र विकास बोर्डमा शुक्रवार अस्ट्रेलियन चलचित्र निर्देशक मौली गांगुलीको मास्टर क्लास पनि सञ्चालन गरिएको थियो । सो मास्टर क्लासमा लघु चलचित्र निर्देशकहरूले फिचर चलचित्र कसरी निर्माण गर्न सकिन्छ भन्ने’bout एक घण्टाको प्रशिक्षण दिइएको थियो । मौलीको सो प्रशिक्षणमा नेपाली र विदेशी चलचित्रकर्मीहरू सहभागी थिए ।

यो महोत्सवका यति बेला दुई दर्जन भन्दा बढी बिदेशी चलचित्रकर्मीहरू सहभागी भएका छन् । महोत्सवको उद्घाटन समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका २० अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति थियो । बाँकी देशका चलचित्रकर्मीहरू शुक्रवार बेलुकासम्म काठमाडौँ आएको महोत्सवकी सह निर्देशक सृष्टि न्यौपाने राजधानीलाई जानकारी गराइन् । शुक्रवार उद्घाटन समारोह र शनिवार पर्यटन बोर्डमा जरी चलचित्र प्रदर्शन समारोहमा उनीहरूलाई नेपाली संस्कृति झल्कने ढाका टोपी र खादाले आत्मीय स्वागत गरिएको पनि सृष्टिीले बताइन् । शुक्रवारबाट सुरु भएको यो महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना गरिएको छ ।

शनिवार चलचित्र विकास बोर्डमा भने नेपाली प्रतियोगी चलचित्रहरू देखाइयो । जस अन्तर्गत सुवर्ण थापा निर्देशित सौगात मल्ल, दयाहाङ राई, सृष्टी श्रेष्ठ, प्रियंका कार्की अभिनित चलचित्र ‘द सेक्रेट अफ राधा’, डब्बु क्षत्री निर्देशित एवम् सरिता भारती, प्रवण भुसाल, कमला जोशीको मुख्य भूमिका रहेको लघु चलचित्र ‘द चेन्ज’, प्रसन्न मालीको चलचित्र ‘अन्त वार्ता’, शंकर धितालको चलचित्र ‘ल गडेज्’, सुरेश कुमार मुखियाको चलचित्र ‘इटा भट्टा’, रजिन महर्जनको चलचित्र ‘उच्च शिक्षा’, साजा सुनुवारको चलचित्र ‘छाउ’, विश्व बज्राचार्यको चलचित्र ‘द रेड स्ट्यान्ड’, सिद्धार्थ नेपालको चलचित्र ‘तुलसी’, सनिशा महर्जनको चलचित्र ‘किजा पुजा’ आदि प्रदर्शन गरियो ।

नेपाल संस्कृति तथा चलचित्र केन्द्रद्वारा आयोजित यो महोत्सवमा शनिवार भृकुटी मण्डपमा विदेशी प्रतियोगी चलचित्रहरू प्रदर्शन गरियो । जसका कारण नेपाल पयर्टन बोर्डमा शनिबार विदेशी अतिथिहरु केन्द्रित थिए । आइतबार पनि त्यहाँ बढी जसो विदेशी चलचित्र प्रदर्शन गरिने छ । आइतबार साँझ नेपाल पुलिस क्लबमा समापन तथा अवार्ड समारोह आयोजना गरिने भएको छ ।

महोत्सवको समापन समारोहमा उत्कृष्ट विदेशी तथा नेपाली चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिने अध्यक्ष सन्तोष सुवेदीले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक