सानुबाबुको दुई गीतिसंग्रह एकसाथ लोकार्पित

काठमाडौं । गायक सानुबाबु महर्जनले एक साथ दुई वटा गी गीतिसंग्रह बजारमा ल्याएका छन् । शुक्रवार ललितपुरमा एक समारोहबिच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उनको नेपाल भाषाको चौथो गीतिसंग्रह ‘नुगःया मिखां’ र नेपाली भाषाको दोस्रो गीतिसंग्रह ‘तिम्रो याद’ सार्वजनिक गरे ।

ब्राइटर तिम्रो सुर मेरो गीतबाट आफूले २०५२ तिबारट गायन यात्रा सुरु गरेका स्मरण बिमोचन कार्यक्रममा सानुबाबुले सुनाए । त्यसपछिबाट अहिलेसम्म नेपाल भाषा एवम् नेपाली गीत निरन्तर गाउँदै आएको सानुबाबुले समारोहमा स्वागत मन्तव्यको क्रममा बताए ।

समारोहलाई सम्बोधन गर्दै मेयर चिरीबाबुले आफू दुई दशक अघि ज्यापु गुठी समाजको अध्यक्ष हुँदा सानुबाबु महर्जनसँग नजिक हुने अवसर पाएको जनाए । त्यसपछिबाट गीत संगीत क्षेत्रमा निरन्तर सानबाबुले योगदान रहँदै आएको र उनले ललितपुर महानगरको मौलिक संगीत प्रवर्धनमा पनि हातेमालो गर्दै आएको चिरीबाबुले बताए । यस्ता विभिन्न सक्रिय सांगीतिक स्रष्टाहरूको योगदानले ललितपुर महानगर पालिका ‘म्युजिक सिटी’को रूपमा यस वर्ष युनेस्कोमा सूचीकृत भएको पनि मेयर चिरीबाबुले जानकारी गराए ।

नेपाल भाषाको गीतिसंग्रह ‘नुगःया मिखां’ मा समेटिएको सानुबाबु महर्जन र निशा देसारको स्वरमा रहेको गीत हिसी दुम्ह मय् जु व…, र सानुबाबु तथा नारायणी महर्जनको स्वरमा रहेको अर्को गीत मस्यू जितः छुजू छुजू…को भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।

सानुबाबु महर्जनको नेपाली तथा नेपाल भाषाका गीत गायनमा योगदान’bout गायिका संगीता प्रधान राना,संगीतकार भूपेन्द्र रायमाझी, अग्रज सर्जक अमरराज शर्मा राजोपाध्याय, दुवै संग्रहका संगीतकार जुगल डंगोलले सो कार्यक्रममा प्रकाश पारे । सानुबाबुसँग सांगीतिक सहकार्यको अनुभव पनि उनीहरूले कार्यक्रममा सुनाए ।

कार्यक्रममा विमोचित नेपाली भाषाको गीति संग्रह ‘तिम्रो याद’मा पाँच वटा गीत छन् । जसमा अनायासै तिम्रो याद….तिम्रो मात मीठो…, कसैले त रक्सी भन्छन…, धेरै धेरै माया दिएर…, यस्तै हो कि माया भन्नु…गीतहरू संग्रहित छन् । यी गीतहरुलाई अग्रज गीतकार दिनेश अधिकारी, अमरराज शर्मा राजोपाध्याय, जुगल डंगोल र डब्बु क्षत्रीले लेखेका हुन् । ती गीतहरूमा सानु बाबु महर्जन र निशा देसारको स्वर रहेको छ । जसमा राजु सिंह, भूपेन्द्र रायमाझी, जुगल डंगोलले संगीत दिएका छन् । यो संग्रहको अनायासै तिम्रो याद…गीतको भिडियो भने केही समय अघि रिलिज गरिएको थियो । निशा र सानुबाबुको स्वरमा रहेको यो गीतको भिडियोमा निश्चल पौडेल र सृष्टि कडरियाले अभिनय गरेका छन् ।

यस्तै सानुबाबुको नेपाल भाषाको चौथो गीतिसंग्रह नुगःया मिखां’मा ८ वटा गीतहरू संग्रहित छन् । जसमा दुर्गालाल श्रेष्ठ, जगमोहन वामी, रेखा शाक्य, धर्मकृष्ण सिकर्मीको शब्द, जगमोहन बामी, जुगल डंगोल, भूपेन्द्र बज्राचार्यको संगीत छ । आठ वटै गीत सानुबाबु महर्जनको स्वरमा छ । दुई गीतमा उनलाई निशा देसार र नारायणी महर्जनले साथ दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक