काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)
सम्बन्धित समाचार
डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप पहिलो पटक मिथिला नगरीमा हुँदै
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणले पायो पूर्णता
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित






