बोलेरो दुर्घटना हुँदा एक्काईस जना घाईते

सिन्धुली । सुनकोशी गाउँपालिका वडा नं.-५ खहरेमा विहिबार बोलेरो जीप दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । सहिदगेट–अमारे कृषि (भित्री) सडक खण्डमा म।प्र।०३–००१ च ८५०० नम्बरको सिंगल क्याप बोलेरो दुर्घटना भएको हो । घाईते हुनेमा एउटै कुलभित्रका दाजुभाईहरु रहेका छन् ।

अमारेबाट गौंखर्कतर्फ कुल पूजाका लागि जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार घाईतेहरुको आत्मीय अस्पताल खाल्टेमा उपचार भईरहेको छ । अस्पतालमा उपचारमा रहेका मध्ये ४ जनालाई रिफर गरिएको छ ।

दुर्घटनामा परि घाईते भएकामध्ये ४ जनालाई थप उपचारका लागि धुलिखेल तथा काठमान्डौ रिफर गरिएको हो । थप उपचारका लागि गाडी चालक सुनकोशी गाउँपालिका वडा नं.- ६ का मनोज नेपाली र सोहि ठाउँका सुनिल सुन्दास, दुर्गा बहादुर नेपाली र कृष्ण बहादुर नेपालीलाई रिफर गरिएको सुवेदीले जानकारी दिए ।

घाईते हुनेमा चालक सुनकोसी गाउँपालिका वडा नं.- ६ का मनोज नेपाली, सुनिल शुन्दास, शशी नेपाली, देव नेपाली, सरोज नेपाली, रामकृष्ण स्यवा, कृतिमान नेपाली, गजेन्द्र नेपाली, गोपाल नेपाली, कमल नेपाली, संदिप नेपाली, मनिष नेपाली, निश्चल नेपाली, सविन नेपाली, चन्द्र बहादुर नेपाली, मसिने दमाई छन् ।

यस्तै सुनकोशी गाउँपालिका वडा नं. -५ का बलराम नेपाली, कृष्ण बहादुर नेपाली, दुर्ग बहादुर नेपाली पनि घाईते भएका छन् । त्यसैगरी काठमाण्डौ महानगरपालिका वडा नं.- १४ का धन बहादुर नेपाली र कमलामाई नगरपालिका वडा नं- ३ का चन्द्र बहादुर देवकोटा पनि घाईते छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख