नाइजेरियामा बन्दुकधारीद्वारा १६२ जनाको हत्या

नाइजेरिसा । नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्द ै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिएका छन् । बोरो गाउँमा भएको आक्रमण सेनाको हालैका कारबाहीपछि भएको हो । सेनाले यस क्षेत्रमा ‘आतंकवादी तत्व’विरुद्ध कारबाही गरेको थियो ।

बन्दुकधारीले पसल र परम्परागत शासकका घरमा आगो लगाएको थिए र घाइते झाँडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताए । आयोदेजीका अनुसार मृतक संख्या १६२ पुगेको छ र थप शवको खोजी जारी छ । प्रहरीले आक्रमण पुष्टि गरेको छ, तर हताहतको संख्या स्पष्ट गरिएको छैन । प्रारम्भिक तथ्यांकनुसार स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताए ।

तर घाइते भागेका कारण अझै शव फेला पर्ने सम्भावना छ । क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको संख्या ७५ जना पुगेको उल्लेख गरेका छन् । ग्रामीण क्षेत्रमा आक्रमणपछि प्रायः विवरण द्वन्द्वात्मक देखिन्छन् । कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर राज्य सरकारले ‘आतंकवादी कोषहरू’लाई दोष दिएको छ भने टिनुबुले बोको हराम जिहादी समूहलाई आक्रमणको जिम्मेवार भनेका छन् ।

नाइजेरियाका केही भाग गाउँ लुट्ने, अपहरण र फिरौतीमा संलग्न सशस्त्र गिरोह, अन्तर–साम्प्रदायिक हिंसा र उत्तरमा सक्रिय जिहादी समूहबाट प्रभावित छन् । सेना तैनाथ गर्दै राष्ट्रपति टिनुबुले जिहादीहरूको विचारधारालाई अस्वीकार गर्ने गाउँलेहरू विरुद्ध गरिएको ‘जङ्गली आक्रमण’ को निन्दा गरेका छन् । राष्ट्रपतिको विज्ञप्तिमा आक्रमणकारीले समुदायका सदस्यको हत्या गरेकामा टिनुबुले आक्रोश व्यक्त गरेको भनिएको छ ।

बन्दुकधारीले बोरोमा आक्रमण गर्दै पसल र राजाको दरबारमा आगो लगाएको सांसद अहमदले बताए । संयुक्त राष्ट्र सुरक्षा प्रतिवेदनअनुसार उत्तरी कात्सिना राज्यमा छुट्टै आक्रमणमा हवाई सेनाको कारबाहीमा २७ जना मारिएका छन् । सेनाले जिहादी र सशस्त्र डाकूविरुद्ध कारबाही बढाएको छ । गत महिना सेनाले क्वारा राज्यमा आक्रामक कारबाही सुरु गरेको थियो । स्थानीय मिडियाका अनुसार सेनाले १५० डाकूलाई सुरक्षा खतरा सिर्जना गर्न नसक्ने अवस्थामा पु-याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक