धमलाले सिकिस्त विरामीको उद्वार गरी वीर अस्पताल पु¥याए

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेता एवं रौतहट क्षेत्र नं. ४ का उम्मेदवार ऋषि धमलाले चुनावी प्रचारप्रसारको क्रममा वृन्दावन नगरपालिका–४ मा भेटिएका सिकिस्त विरामी महादेव महराको उद्वार गरी वीर अस्पतालमा उपचार गराएका छन् ।

चुनावी घरदैलोको क्रममा वृन्दावन नगरपालिकामा पुग्दा एक गाउँमा सिकिस्त विरामी र परिवारको रोदन सुनेपछि धमलाले तुरुन्तै आफ्नो निजी पहलमा वीर अस्पतालमा उपचारको व्यवस्था मिलाएका छन् । अहिले ती विरामीको उपचारको लागि उनकी पत्नी केतारी देवी महरा र र छोरा बालकुमार महरा पनि वीर अस्पतालमा छन् ।

उनीहरुले आफूहरु मजदुरी गरेर पेट पाल्ने परिवारको मान्छे भएको कारण उपचार गराउन नसकी घरमै बसेको अवस्थामा धमला भेटिएको र तुरुन्तै उपचारको लागि पहल गरिदिएको भनेर खुशी व्यक्त गरेका छन् ।

सञ्चारकर्मीसंगको कुराकानीमा बुवाको अवस्था विजोग रहेको देखेपछि धमलाले आफूहरुलाई पहल गरेर काठमाडौंको वीर अस्पतालमा ल्याएको र अहिले बुवाको उपचार सुरु भैसकेको प्रतिक्रिया दिए ।

उनकाअनुसार विगत ७ महिनादेखि बुवाको स्वास्थ्योपचारमा लागिपरेको र पाँच लाखजति खर्च भैसकेको थियो । पैसा नभएपछि बाध्य भएर बुवालाई घरकै आँगनमा राखिएको उनले सुनाए । उनले आफ्नो बुवाको उपचारको लागि पहल गरिदिएको र सबै बन्दोवस्ती गरिदिएको भन्दै धमलालाई भगवान नै मानेको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक