बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।
जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा छन् । जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवालगायतसँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको छ । कतिपय मतदानस्थल तथा केन्द्रमा सिसीटिभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।
यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहेका छन् ।
सम्बन्धित समाचार
बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
अछाममा बेहोस भएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर
गुल्मीमा जेन्जी आन्दोलनबाट फरार प्रतिबादी पक्राउ






