काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशीमा दुर्घटना

काठमाडौं । काठमाडौबाट ओखलढुंगाको लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको छ । दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जनाको घाईते अवस्थामा उद्धार गरिएको छ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउसो करीव पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन् भने उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाईएको छ । यात्रुवाहक बसमा कतिा जना सवार थिए भने खुल्न सकेको छैन । उद्दारकार्य जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशीमा दुर्घटना