काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
गृहमन्त्रीद्वारा कारागारहरूको निरीक्षण : कारागारको सुधार गर्न निर्देशन
निर्वाचनपिच्छे हराउँछन् मधेशवादी दल
दैलेख–१ मा एमालेका रविन्द्रलाई कांग्रेस र पूर्व सहकर्मीहरुको दोहोरो चुनौती
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
सप्तरीमा मतदाता रिझाउन अनेक दाउ
युवा सङ्घको अध्यक्षमा गुरुङ
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल






