अझै सल्टिएन फास्ट ट्र्याक विवाद

काठमाडौं । तराई–काठमाडौं जोड्ने निर्माणाधीन ‘तराई–मधेस फास्ट ट्र्याक’ प्रस्थान बिन्दु विवाद अझै सल्टिएको छैन । फास्ट ट्र्याकलगायतका विकास निर्माणबाट ‘जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने’ भन्दै ललितपुर खोकनाका बासिन्दाले मंगलबार काठमाडौंमा प्रदर्शनसमेत गरेका छन् ।

‘प्रस्थान बिन्दु खोकना हुने कि नहुने ?’ भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । खोकनावासीले ‘सांस्कृतिक सम्पदा विनाश हुने’ भन्दै प्रस्थान बिन्दु ‘खोकना नबनाउन’ माग गर्दै आएका छन् ।

खोकनावासीले मंगलबार ललितपुर पुल्चोकबाट निकालेको विरोध प्रदर्शन माइतीघर पुगेर धर्नामा परिणत भएको हो । प्रदर्शनमा उत्रिएका खोकनावासीले सरकारले आफ्ना कुरा सुन्दै नसुनेको भन्दै विरोध जनाए । उनीहरूले यसअघि पनि आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले फास्ट ट्र्याक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्गलगायत योजनाबाट स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको बताएका छन् । खोकना र बुङ्मती जनसरोकार समिति तथा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति नै गठन गरेर विरोध गरि“दै आएको छ । प्रदर्शन क्रममा उनीहरूले ‘सम्पदा संरक्षण गर’, ‘फास्ट ट्र्याक खारेज गर,’ लगायतका नारासहितका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

संसद्मा समेत यो विषयले पटक–पटक प्रवेश पाइसकेको छ । पुरातात्विक महत्वको खोकना–बुङ्मती क्षेत्रलाई प्रस्थान बिन्दु बनाउँदा त्यसको संरक्षण खतरामा पर्ने भन्दै सांसदले पनि यो विषय उठान गर्दै आएका छन् ।

खोकनावासीको विरोधका कारण प्रस्थान बिन्दु हालको भन्दा करिब साढे पाँच किलोमिटर पर फर्सिडोलमा लैजाने गरी विकल्पका विषयमा पनि छलफल हुँदै आएको छ । फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनामा छ ।

राजधानीबाट तराई जोड्ने सबैभन्दा छोटो मार्गलाई सरकारले ‘गौरवको आयोजना’ सूचीमा राखेर काम गर्दै आएको छ । यो आयोजना २०७९ मा पूरा गर्ने लक्ष्य छ, जसको लागत करिब २ खर्ब अनुमान गरिएको छ ।

दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौं डेढ घण्टामा आइपुग्नुका साथै काठमाडौं उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थ ढुवानीमा मात्रै वार्षिक करिब १० अर्ब बचत हुने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार