आर्यन र केकीद्वारा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को उद्घाटन

काठमाडौँ । नेपाली चलचित्रका हेयर स्टाईलिस्ट एवम् डिजाईनर लक्ष्मी ठाकुरले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ आउट लेटको बिहीबारबाट ललितपुरको भैसेपाटीमा सुरु गरेका छन् ।

बिहीवार एक समारोहबिच अभिनेता आर्यन सिग्देल, अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीले रिबन काटेर यो आउट लेट उद्घाटन गरे । सलमान खानसँग चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गरिरहेका अनुपलाई सो उद्घाटन पछि बाँकी छायांकन पुरा गर्न मुम्बई यात्राको लागि आर्यन, केकी र लक्ष्मीले फुला गुच्छासहित बिदाइ गरे ।

मुम्बई जानु अघि अनुपले उद्घाटन समारोहमा भने,‘ लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो बिगतमा अन्य आउट लेटमा गएर मैले सेवा लिँदै आएको थिएँ । यति बेला मेरो घर छेउमा यो ब्युटी स्टुडियोको नयाँ शाखा खुलेपछि सेवा लिन झन् सजिलो हुने भएको छ ।’

यस अघि महाराजगन्ज, पुलचोक र कलंकीको तीन वटै भाट भनेटीसहित कमलादीको स्काई वाक शाखाबाट आफूले सौन्दर्य सम्बन्धी सेवा लिइसकेको अभिनेता आर्यनले बताए । ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को भैसेपाटी आउट लेटले पनि सो क्षेत्रका ग्राहकको मन जित्ने विश्वास आर्यनले व्यक्त गरे । आफ्नो हेयर स्टाइल लक्ष्मी ठाकुरले १५ वर्षदेखि बनाउने गरेको र लक्ष्मीसँग आफूले सेवासँगै परामर्श पनि लिँदै आएको आर्यनले जानकारी गराए ।

कमलादीको स्काई वाकमा आफूले नियमित सेवा र परामर्श लिँदै आएको जानकारी गराउँदै अभिनेत्री केकी अधिकारीले नयाँ आउट लेटको लागि लक्ष्मी ठाकुरलाई शुभकामना दिइन् । ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सञ्चालनबाट सौन्दर्यसँगै नेपाली चलचित्रको हेयर स्टाईल निर्माण र परिवर्तनमा लक्ष्मीको ठुलो योगदान रहेको पनि केकीले कार्यक्रममा बताइन् ।

तीन वर्ष बलिउड मुम्बईमा हेयर स्टाईलको काम गरेर त्यहाँ सलुन खोल्न खोज्दा परिवारले नेपाल बोलाएपछि लक्ष्मीले काठमाडौँमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सुरु गरेको बताए । उनले अर्को आउट लेट चाँडै टंगालको भाटभटेनीमा सुरु गर्न लागेको पनि बताए । उद्घाटनको अवसरमा यो नयाँ आउट लेटमा सवै सेवामा विशेष छुट रहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा