प्लानिङ ब्वाइजसामु उज्वेकिस्तानको संघर्षपूर्ण जीत

पोखरा । २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानको एक फुटबल टिमले नेपाली टिमसँग संघर्षपूर्ण जीत दर्ता गरेको छ ।

मंगलबार चौथो क्वाटरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै उज्वेकिस्तानको आभा फुटबल क्लबले अन्ततः सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा उज्वेकिस्तानको टिमले गोल गर्न सकेको हो । खेलको ५६ औं मिनेटमा उमिदजोन कारिलोभले झण्डै ३५ यार्ड टाढाबाट सुन्दर गोल गरेका हुन् । उनी नै प्लेयर अफ दिन म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

जितसँगै पाहुना टोली अब फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । बुधबार पहिलो सेमिफाइनल आयोजक सहारा क्लब पोखरा र मनाङ मस्र्याङ्दी क्लबीच हुनेछ ।

मंगलबारको खेलमा प्लानिङ ब्वाइजले पाएका केही राम्रा अवसर खेर फाल्दा पोखराबाट भने यात्रा टुंगाएको छ । जबकि प्लानिङ ब्वाइजले ३ दिनअघि मात्रै बूढासुब्बा गोल्डकपको उपाधि चुमेको थियो । २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइेटेडलाई १–० गोलअन्तरले हराउँदै उपाधिसहित १० लाख जितेको हो ।

प्रशिक्षक पंकज शाहीले बलियो टिमसँग पनि आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पराजित हुन पुगेको स्वीकारे । उज्वेकिस्तानतर्फ बाट प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले नेपालको चर्र्चित टिमविरुद्ध राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए ।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा १२ टिमले भाग लिएका हुन् । पोखरा रंगशालामा यही ९ फागुनमा फाइनल हुने प्रतियोगिता संयोजक एवं आयोजक सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

निर्माण समय सकियो, बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक