राँगाको मासु प्रशोधन उद्योग निर्माणस्थलमा झडप

सिन्धुली । मरिण गाउँपालिका वडा नं. ४ साहानमा चिन निर्यातका लागि राँगाको मासु प्रशोधन गर्ने उद्देश्यले निर्माण भईरहेको उद्योग परिसरमा स्थानीय कामदार र चाईनिज कामदारबीच झडप भएको छ ।

सोमबार हिमालयन फुड कम्पनीले निर्माण गरिरहेको उद्योग क्षेत्रमा चाईनिज कामदार र स्थानीय कामदार बीच भएको झडपमा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कम्पनीमा कार्यरत हलुका सवारी चालक मरिण गाउँपालिका वडा नं. ६ धमिलेका ३० वर्षिय नवराज बम्जनलाई कामबाट निकालेको विषयमा विवाद हुँदा झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीका अनुसार झडपमा पाँच जना चिनियाँ कामदार र २ जना स्थानीय कामदार घाईते भएका छन् । झडपमा परि घाईते हुनेहरुमा सवारी चालक नवराज बम्जन, उदपयपुरको कटारी नगरपालिका १२ का २२ वर्षिय गोकर्ण कटुवाल, चाईना घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने ३८ वर्षिय मिस्टर याङ, ४५ वर्षिय याङ हाईबो, ४० वर्षिय छ्याङ छोङ, ३१ वर्षिय लेउसेन्सी र ४६ वर्षिय चुजेन घाईते भएका छन् ।

घाईतेमध्ये केहिको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको मरिण सामुदायिक अस्पताल कपिलाकोट र मरिण सामुदायिक कम्युनिटी हस्पिटलमा उपचार भईरहेको छ । घाईतेमध्येका बम्जनलाई थप उपचारका लागि सिन्धुली अस्पतालमा रिफर गरिएको छ ।

घाईतेमध्ये केहिलाई हेलिकप्टरमार्फत काठमान्डौ लाने तयारी भईरहेको स्थानीय पत्रकार प्रेमनाथ मैनालीले बताएका छन् । झडपमा कति घाईते भए अझै एकीन हुन नसकेको पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

१५ फागुन २०८२