डडेल्धुरा । अमरगढी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष विष्णु भट्टमाथी विहिबार रातिसरकारी कर्मचारीले हातपात गरेका छन् ।
अमरगढी नगरपालिका वडा नंं.१० बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरि हातपात गरेको वडा अध्यक्ष विष्णु भट्टले बताए ।
वडा नं.१० मा रहेको क्वारेन्टाईनमा ७२ जनाको व्यवस्थापन गर्नु पर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्वारेन्टाईन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालि गलौज सहित हातपात गरेको बडा अध्यक्ष भट्टले बताए ।
‘जेठ ११ गते पनि विद्यालयमा क्वारेन्टाईन बनाउन लाग्दा ऐरले अवरोध गरेको भट्टको भनाई छ । हातपात गर्ने ऐर वडा अध्यक्षमा भट्टसंग वडाअध्यक्षमा पराजित व्यक्ति हुन् । ऐरलाइ विहिबार राति नै पक्राउ गरि थुनामा राखिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।