मान्म । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभाबी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा रोक लगाएको हो ।
निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री वितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।
जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए ।
यसैगरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारीसाधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने कार्यालयले जनाइएको छ ।
‘उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल आयल निगमको समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिनेछ ।
सुरक्षा समितिको निर्णय उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना, इजाजतपत्र निलम्बन वा खारेजसहित आवश्यक कानुनी कारबाही गरिने छ’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई अनिवार्य रूपमा निर्णय पालना गर्न तथा कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिममा शिशु मृत्युदर सबैभन्दा बढी
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा जारी
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
महाशिवरात्रिः देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लामो लाम






