काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चितवनलाई तरकारी कोल्ड स्टोरमा राख्ने हब बनाउने बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले किसानले तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । भारतमा अनेक अनुदान पाउने किसानले उत्पादन गरेको तरकारी ल्याएर स्थानीय किसानको तरकारी महंगो बनेर फाल्नुपर्ने अवस्था आएको उनको भनाइ थियो। ‘यसरी किसानलाई मार्ने काम रोक्नु जरुरी छ,’ उनले भने ।
चितवनमा मात्रै नभएर देशभरीको तरकारी स्टोर गर्ने कोल्ड स्टोर बनाउन सकिने उनको भनाइ थियो । ‘तरकारीको कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ, चितवन त्यो बनाउने पाटर्ठी हो राष्ट्रिय स्वतन्त्र पार्टी,’ शाहले भने ।
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)













