इरान आक्रमणमा ४० जनाको मृत्यु, ४५ घाइते

काठमाडौं । इजरायलले शनिबार इरानको राजधानी तेहरान लगायत विभिन्न शहरहरूमा आक्रमण गरेको छ।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना)का अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

यसको जवाफमा इरानले पनि इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको छ। मिडिया रिपोर्टअनुसार, इरानले करिब ४०० वटा मिसाइल प्रहार गरेको छ। इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको बताइएको छ। साथै, संयुक्त अरब इमिरेट्सको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईलाई पनि लक्षित गरिएको उल्लेख छ।

इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको बताइएको छ। हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

इजरायलले आफ्नो नयाँ सैन्य अभियानको नाम ‘लायन्स रोर’ (शेरको गर्जन) राखेको छ। कतारमा आधारित समाचार माध्यम अल जजीराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको जनाएको छ।

यो आक्रमण इरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताका क्रममा भएको हो। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।-एजेन्सी

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

इरान आक्रमणमा ४० जनाको मृत्यु, ४५ घाइते