काठमाडौं क्षेत्र नम्बर–१: जेनजी ‘रणभूमि’मा विरासतको लडाइँ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको विरासत बोकेको काठमाडौं क्षेत्र नम्बर–१ मा आगामी २१ फागुनको निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा हुँदै छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको ‘गढ’ भनेर चिनिने यस क्षेत्रमा कम्तिमा चार शक्तिसहित बहुपक्षीय प्रतिस्पर्धा छ । सिंहदरबारसहित मुलुकको प्रमुख प्रशासनिक केन्द्र पर्ने यस क्षेत्रको प्रतिस्पर्धा सिँगै देशको चासो र प्रभावको विषय भएको छ ।

काठमाडौं क्षेत्र नम्बर–१ बाट २०४८, २०५१, २०५६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । २०६४, २०७०, २०७४ र २०७९ सालमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तर, विगतका निर्वाचन जितेका सबै उम्मेदवारभन्दा बेग्लै अनुहार यस निर्वाचनको मैदानमा उत्रिएका छन् । विगत निर्वाचन जितेका कोही दिवंगत भइसके भने केही चुनावी प्रतिस्पर्धाबाट अलग छन् ।

कांग्रेसले युवा नेता प्रबल थापा क्षेत्रीलाई कांग्रेसको विगत विरासत जोगाउने अभिभारा छ । प्रकाशमान सिंहले जित्दै आएको यो क्षेत्रमा यसपटक ‘बदलिएको कांग्रेस’का तर्फबाट थापाले उम्मेदवारी पाएका हुन् । राप्रपाका प्रभावशाली उपसभापति तथा २०७४ मा विवेकशील साझा र २०७९ मा राप्रपाबाट उम्मेदवार भएका रविन्द्र मिश्रको पनि उस्तै रापतापसहित चर्चा छ ।

गत निर्वाचनमा सिंहका निकटतम प्रतिस्पर्धी रहेका मिश्र यसपटक संसद् छिर्ने दाउसहित घरदैलो अभियानमा छन् । राष्ट्रिय राजनीतिको रापताप र युवा मतसहित काठमाडौंको मुटु मानिने १० मध्ये सबैभन्दा कम मतदाता रहेको यसक्षेत्रमा २९ उम्मेदवार छन् । १६ दल र १३ स्वतन्त्र गरी २९ उम्मेदवारमध्ये चार जनामात्र महिला छन् ।

विरासत जोगाउने र इतिहास रच्ने क्षेत्रका रूपमा रहेको काठमाडौं क्षेत्र नम्बर–१ मा ‘को विजयी हुने ेष्ठ, जनसेवाबाट अर्ज ुनबहादुर शाही, समावेशी समाजवादीबाट सुरेन्द्र पाण्डे र जनादेश पार्टीबाट कमल सुवेदी उम्मेदवारी दिएका छन् । त्यस्तै, असिमानसिंह बस्न्यात, कमल कोइराला, कुशल खत्री, कुमार शाही, किरण शाह, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शम्भु पोखरेल, शान्ति श्रेष्ठ, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी र संगीत बम स्वतन्त्र उम्मेदवार छन् ।

रास्वपाबाट उम्मेदवारी दिएकी रञ्जु २०७२ मा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी थिइन् । समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएर उनी प्रत्यक्षमा प्रतिस्पर्धामा उत्रेकी छन् । २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ बाट उनी उम्मेदवार बनेकी थिइन् । उनले पार्टी र निर्वाचन क्षेत्र दुवै फेरेर चुनावी मैदानमा उत्रेकी छन् ।

जेनजी आन्दोलनको केन्द्र बिन्दु पनि काठमाडौं क्षेत्र नम्बर–१ मै पर्छ । जेनजी आन्दोलनकै कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा हुँदै छ । यही क्षेत्रबाट एमालेका जननेता मदन मण्डारीले कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई २०४८ को निर्वाचनमा पराजित गरेका थिए । हाल काठमाडौं क्षेत्र नम्बर–१ मा पर्ने वडाहरू २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा फरक फरक क्षेत्रमा थिए ।

त्यतिबेला काठमाडौंमा सातवटा निर्वाचन क्षेत्र थिए । २०६४ को निर्वाचनअघिदेखि यो क्षेत्र अस्तित्वमा आएको हो । २०६४ मा एमालेका तत्कालीन नेता प्रदीप नेपाललाई हराएर कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको किल्ला बनाएका थिए । सिंहले २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा बिजयी भएका थिए ।

२०७४ को चुनावमा सिंह १० हजार ९ सय ३६ मत ल्याएर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । २०७९ को निर्वाचनमा कांग्रेस सिंह नै विजयी भएका थिए ।

२०७४ मा विवेकशील साझाबाट प्रतिस्पर्धामा उत्रेका उनै मिश्र २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिस्पर्धा गरेका थिए । कांग्रेसलाई तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका थिए । निर्वाचनमा ७ हजार १४३ मत ल्याएर सिंह विजयी भए ।

मिश्रले ७ हजार १८ मत ल्याएर दोस्रो भए । १ सय २५ मतान्तरले सिंह विजयी भएका थिए । तर २०८२ को निर्वाचनमा उम्मेदवारी नै नदिइ सिंह प्रतिस्पर्धामा छैनन् । २०६४ सालको पहिलो संविधानसभादेखि निरन्तर चार चुनावमा विजयी भएका सिंहलाई कांग्रेसले विश्राम दिएको छ ।

काठमाडौं क्षेत्र नम्बर–१ मा काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ वडा पर्छ । काठमाडौंको १० वटै क्षेत्रमध्ये सबैभन्दा कम ४८ हजार ४८९ मतदाता यस क्षेत्रमा छन् । जसमा महिला मतदाता २५ हजार २ सय ५२ र पुरुष मतदाता २३ हजार २ सय ३७ छन् । २२ मतदानस्थल र ५७ मतदान केन्द्र छन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता