अब युवामय संसद्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको प्रतिनिधिसभा युवामय हुने भएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ नै ३५ वर्ष मुनिका २४ जना युवा निर्वाचित भइसकेका छन् । यो भनेको १५ दशमलव ५४ प्रतिशत हो । युवाले चुनाव जित्नुमा सूचना प्रविधिको प्रयोग र युवा मतदाताको उल्लेख्य राजनीतिक सचेतना भएको राजनीतिज्ञहरू बताउँछन् ।

प्रत्यक्षतर्फ ३५ मुनिका १५ प्रतिशत बढी सांसद

जेनजी आन्दोलनलाई क्रान्तिको रूपमा परिभाषित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका प्रायः युवाले विभिन्न निर्वाचन क्षेत्रबाट जित हासिल गर्दा संसद् युवामय हुने भएको हो । रास्वपाबाट मात्रै ३५ वर्षमुनिका २० उम्मेदवार छन् । मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भई चुनाव जितेका २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधिसभा तर्फका सबैभन्दा कलिला सांसद हुन् ।

२०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पर्यटन व्यवस्थापनमा स्नातक गरेर देशमै पर्यटन व्यवसाय मार्फत समृद्धिको अभियानमा जोडिएका छन् । नेकपा एमालेको स्थानीय राजनीतिमा जोडिएका आङ्खना बुबाका कारण राजनीतिमा उनको चासो बढे पनि उप्रेतीले बुबाले आस्था बोकेको दलतिर ध्यान नदिई रास्वपामा जोडिएर एकैपटक संघीय सांसदको भूमिका पाएका छन् ।

रास्वपाबाट पहिलोपटक सांसद भएका मात्र नभई दोस्रोपटक सांसद भएकासमेत ३५ वर्ष मुनिका रहेका छन् । चितवन–३ बाट निर्वाचित सोविता गौतम र झापा–१ बाट निर्वाचित निशा डाँगी दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । गौतमले काठमाडौं क्षेत्र नम्बर–२ बाट र डाँगीले समानुपातिक प्रणालीमार्फत २०७९ को प्रतिनिधिसभा सदस्य जितेका थिए ।

रास्वपासँगै नेपाली कांग्रेसबाट दुई, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २४ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा दोस्रो कार्यकालका लागि निर्वाचित सोविता गौतम र निशा डाँगीदेखि कडा प्रतिस्पर्धाबीच इलाम–१ बाट जितेका कांग्रेसका निश्कल राईसम्म छन् ।

३५ मुनिका चर्चित सांसद
विकासको नमुना मोडल देशव्यापी बनाउने घोषणासहित दुई कार्यकाल भरतपुर महानगरपालिकाको मेयर पदमा रहेर काम गरेकी रेणु दाहाललाई फराकिलो मतान्तरले पराजित गर्ने सोविता गौतम ३० वर्षकी भइन् । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य गौतम ३० वर्षमै दोस्रो कार्यकालको प्रभावशाली सांसदको रूपमा संसद् भवन प्रवेश गर्दैछिन् ।

संसद् र पार्टीका निकै प्रभावशाली भूमिकामा देखिएकी गौतमले ५९ हजार २७७ मत ल्याएर विजय हु ँदा निकटतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् । कानुनमा स्नातक गरेकी मिडिया क्षेत्रको अनुभवी गौतमको सरलपन, अध्ययन र तर्कले जनतामाझ छाप छोड्ने गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जितेर दोस्रो कार्यकालका लागि सांसद भएकी झापाकी २९ वर्षीया निशा डाँगी पनि यसपटक निकै चर्चामा रहिन् ।

२०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी डाँगीले यसपटक प्रत्यक्षतर्फ झापाबाट उठी ४५ हजार ६८० मतसहित विजय हासिल गरिन् । डाँगीकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याए । २०५३ सालमा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा पटक पटक अर्थमन्त्री भएका प्रभावशाली नेतालाई पराजित गरेर चर्चित भएका सुलभ खरेल पनि २८ वर्षमै संसद् प्रवेश गर्ने भएका छन् । २०५४ साल भदौमा बुटवलमा जन्मिएका खरेल रुपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका छन् । खरेलले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बिए–एलएलबी अध्ययन गरेका छन् ।

जुम्लाबाट निर्वाचित ३४ वर्षीय ज्ञानबहादुर शाही पनि चर्चित युवा सांसद हुन् । राप्रपाको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका शाहीले देशव्यापी लहर बोकेको रास्वपालगायतका पार्टीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सांसद जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार भएका शाहीले २०७९ को प्रतिनिधिसभा सदस्य जितेर संसद् र संसदीय समितिमा प्रभावशाली भूमिका खेलेका थिए ।

सांसद निर्वाचित शाहीले नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई ११ हजार ६३५ मा रोक्दै १४ हजार ८१६ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसमा सभापति उम्मेदवार भएका तथा पटकपटक चुनाव जितेका कोइराला विरासतका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गर्ने युवा सांसद हुन् रुबिना आचार्य । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कोइरालाले १२ हजार ८५० मत ल्याएका थिए ।

इलाम–१ बाट कडा प्रतिस्पर्धाबीच जित निकालेका निष्कल राई पनि अन्तिम समयमा नेपाली कांग्रेसको बदलिएको नेतृत्वको नजर परेर उम्मेदवार बन्ने सौभाग्य पाए । राष्ट्रिय श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९११ मतले पछाडि पार्दै राईले चुननव जितेका हुन् । २६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उ न ी ४ १ ह ज ा र ३४७ मतसहित विजय हासिल गरेका हुन् ।

खनालले पटक पटक एमालेबाट चुनाव जितेका एमालेका तिलबहादुर महत क्षेत्रीलाई पराजित गरे । महतले १५ हजार ७५५ मत ल्याएका थिए । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल ११ असार २०५६ मा जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठूलो मतान्तरमा आङ्खनै पूर्व नेतालाई चुनाव हराएर काभ्र ेपलान्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेका बदनकुमार भण्डारी चर्चामा छन् ।

प्रतिनिधिसभा सदस्यको चुनावमा विजयी भएका भण्डारीले ५३ हजार ३४४ मतसहित विजय हासिल गरेका हुन् । ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी भण्डारीले ०५४, ०७४ र २०७९ मा धुलिखेलको मेयर जितेका आङ्खना पूर्वनेता अशोककुमार ब्याञ्जुलाई तेस्रो बनाउँदै कांग्रेसका मधु आचार्य समेतलाई जिते । ३३ वर्षीय भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका थिए । भण्डारी नेकपा एमालेको युवा संघबाट नेकपा एकीकृत समाजवादी हुँदै रास्वपामा पुगेका हुन् ।

अर्का चर्चित जेनजी सांसद हुन् २८ वर्षीय बब्लु गुप्ता । जेनजी आन्दोलनमा एकाएक चर्चामा आएर जेनजी प्रतिनिधिको रूपमा युवा तथा खेलकुद मन्त्री भएका गुप्ता सिराहा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन् । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनले ४१ हजार ३२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याएका थिए ।

कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेकपा एमालेको अध्यक्ष उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र राप्रपाका नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापालाई हराएर काठमाडौं–५ मा २९वर्षीय सस्मित पोखरेलले निर्वाचन जिते । रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता पोखरेल १ फागुन २०५२ मा काठमाडौंमा जन्मिएका हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा चुनाव लडेर चर्चामा आएका सागर ढकालले पनि २१ फागुनको निर्वाचनमा गुल्मी १ बाट चुनाव जितेका छन् । ३४ वर्षीय उम्मेदवार ढकाल रास्वपाका तर्फबाट निर्वाचित भएका हुन् ।

गुल्मीको सत्यवती गाउँपालिका–६ पीपलनेटा स्थायी ठेगाना भएका ढकाल पेसाले इन्जिनियर हुन् । ३५ वर्षमुनिका अर्का सांसद प्युठानबाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक हुन् । नेकपा एमालेका प्रभावशाली नेता मानिने सूर्यबहादुर थापा र नेपाली कांग्रेसबाट राष्ट्रिय योजना आयोगको स्थापना, कोरोनाकालमा २ सय भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व गरेका छन् । रास्वपाका निर्वाचित सांसद ३४ वर्षीय सोम शर्मा पनि स्थानीयस्तरमा विभिन्न सामाजिक तथा राजनीतिक अभियानबाट चिनिएका व्यक्ति हुन् ।

बागलुङ–२ बाट निर्वाचित शर्मा युवाका मुद्धाहरुमा काम गरेको अनुभवी हुन् । स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रे पनि ३५ वर्ष मुनिका सांसद हुन् । डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी जसपाका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याए ।

त्यस्तै, सिराहा–४ बाट विजयी बनेका ३३ वर्षीय तपेश्वर यादव पनि जेनजी आन्दोलनका प्रभावले उदाएका युवा हुन् । उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट निर्वाचित भएका छन् । गौचनले नेकपा एमालेकी इन्द्रधारा विष्टलाई पराजित गरे । विष्टले १ हजार ८०६ मत ल्याउँदा गौचनले ३ हजार ३०७ मत ल्याएका थिए ।

यसैगरी, श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई निर्वाचित भएका छन् । खोटाङ–१ बाट निर्वाचित भएका राईले नेकपा एमालेका देवविक्रम राईलाई पराजित गरेका छन् । एमालेका देवविक्रमले १२ हजार ७१४ मत ल्याउँदा आरेनले १६ हजार ६१२ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’