‘आ बाट आमा’ वर्षकै बढी कमाउने दोस्रो चलचित्र

काठमाडौं । माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ मुलुकमा निर्वाचनको माहौल बिच पनि प्रदर्शन भइरहेको छ । अब यही शुक्रवार २९ फागुनमा मात्र नयाँ चलचित्र ‘लालिमा’ रिलिज हुँदै छ । त्यति बेलासम्म पनि ‘आ बाट आमा’ले अधिकांश चलचित्र घरमा प्रदर्शनको अवसर पाउने भएको छ ।

यसै बिच चलचित्र विकाश बोर्डले सोमबार सार्वजनिक गरेको यो साताको बक्स अफिस रिपोर्ट अनुसार चलचित्र ‘आ बाट आमा’ २०८२ को दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा परेको छ ।

यो चलचित्रले २३ फागुन शनिवार रातीसम्म नेपालबाट बक्स अफिसमा १२ करोड ६६ लाख ९० हजार रुपैयाँ रुपैयाँको ग्रस व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चलचित्र ‘आ बाट आमा’लाई शनिवार रातीसम्म ४ लाख ८२ हजारभन्दा दर्शकले टिकट किनेर चलचित्र घरमा हेरेका छन् । सोही टिकट बिक्री बापत यो वर्षको दोस्रो बढी कमाउने चलचित्रको सूचीमा परेको पनि बोर्डले जनाएको छ ।

जबकि गत सातासम्म अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ ले यो वर्षको सर्वाधिक कमाउने सूचीमा आफूलाई दोस्रो स्थानमा राखेका थियो । सो चलचित्रले नेपालको बक्स अफिसबाट १२ करोड २६ लाख रुपैयाँ कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको थियो । तर यो साता ‘आ बाट आमा’ले ‘जेरी अन टप’लाई व्यापारमा पछि पारेको छ ।

यता अहिलेसम्म पनि यस वर्ष सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा ‘परान’ नै परेको छ । रिलिज भएर १०० दिनसम्म चलचित्र घरमा प्रदर्शन भएको चलचित्र ‘परान’ले हालसम्म १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी कमाई गरेको छ ।

पारिवारिक कथामा आधारित चलचित्र ‘आ बाट आमा’मा पल शाह, बिपना थापा, भारतीय अभिनेता प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, गजित विष्टलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘आ बाट आमा’ले राम्रो व्यापार गरेपछि निर्देशक चन्द्र पन्तले आगामी दसैँमा रिलिज गर्ने लक्ष्य सहित यसको सिक्वेलको रूपमा ‘आ बाट आमा २’ निर्माणको घोषणा समेत गरिसकेका छन् । ‘आ बाट आमा २’को यति बेला स्क्रिप्ट लेखन भइरहेको र आगामी वैशाखको पहिलो हप्ताबाट छायांकन सुरु गर्ने पनि निर्देशक चन्द्रले बताएका छन् ।

यो चलचित्र करिब दुई करोडमा निर्माण भएको थियो । यसरी आफ्नो चलचित्र ‘आ बाट आमा’ले बक्स आफूमा अहिलेसम्मकै आफ्नो करिअरकै सबैभन्दा बढी कमाई गरेकोमा अभिनेता पल शाहले खुसी व्यक्त गरेका छन् ।

राजेशको चलचित्रको ९ दिनको कमाई १ लाख ३८ हजार
यसैबिच गत साता रिलिज भएको अभिनेता राजेश हमालको चलचित्र ‘प्रवासी जीवन’को बक्स अफिस परिणाम पनि चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा सार्वजनिक गरिएको छ ।

राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘प्रवासी जीवन’ले रिलिज भएको ९ दिनमा जम्मा १ लाख ३८ हजार ४८० रुपैयाँको व्यापार गरेको छ । अभिनेता राजेश हमालको जीवनकै सबै भन्दा असफल चलचित्रको रूपमा ‘प्रवासी जीवन’ सावित भएको छ । यो चलचित्रलाई शनिवार रातीसम्म रिलिज भएको ९ दिनमा जम्मा ५०९ जना दर्शकले मात्र हेरेका छन् ।

चलचित्र वितरण पक्षका अनुसार राजेश हमालले अभिनय गरेकै कारण यो चलचित्रको वितरण जिम्मा लिइएको हो । धेरै जसो चलचित्र घरबाट पहिलो हप्तामै उत्रिएको यो चलचित्रले पोस्टर तथा प्रचार प्रसारको खर्चसमेत सुरक्षित गर्न सकेन । जबकि यो चलचित्रको लागत १ करोड भन्दा बढी भएको निर्माण पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला