धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनको ज्ञान अब पाठ्यपुस्तकमार्फत दिने भएको छ । धनगढी उपमहानगरपालिका ले काठमाडौँ विश्वविद्यालय को प्राविधिक सहयोगमा फोहोर व्यवस्थापनसम्बन्धी पुस्तक तयार पारेको हो ।
उक्त पुस्तकलाई व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को स्वीकृतिमा अध्ययन–अध्यापन गरिने भएको छ। फोहोर व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाएर तयार गरिएको पुस्तकमार्फत तालिम सञ्चालन सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समेट्ने अभ्यास थालेको जनाएको छ । हालसम्म नेपालमा यस विषयमा व्यवस्थित रूपमा किताबमार्फत अध्ययन–अध्यापनको अभ्यास न्यून रहेको अवस्थामा यो पहललाई नवीन मानिएको छ ।
नगर उपप्रमुख कन्दकला कुमारी रानाले यस कार्यक्रमले फोहोर व्यवस्थापनप्रति जनचासो बढाउने र सहरी सरसफाइमा सुधार ल्याउने विश्वास व्यक्त गरिन् । यस्तै, टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख इन्जिनियर पारश खड्काका अनुसार पाँच वटा स्पष्ट उद्देश्यसहित तयार गरिएको पुस्तकले फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्ने जनशक्तिलाई सीपयुक्त बनाउनेछ ।
उपमहानगरपालिकाले हाल सहरी क्षेत्रमा फोहोरको सूक्ष्म वर्गीकरण, बिक्री तथा व्यवस्थापन गर्दै आएको छ। साथै, क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।
यो कार्यक्रमअन्तर्गत फोहोर व्यवस्थापन, सीप विकास, उपकरण प्रयोग, विद्युतीय फोहोर संकलन तथा पुनःप्रयोग, र रोजगारी सिर्जनाजस्ता विषयमा ज्ञान प्रदान गरिनेछ ।
चिरीबाबु महर्जन ले धनगढीको अभ्यासबाट अन्य शहरहरूले पनि सिक्नुपर्ने बताए। उनले फोहोर पुनःप्रयोगमा जोड दिँदै बञ्चरे डाँडामा पठाइने फोहोरको मात्रा घटाउनुपर्ने धारणा राखे । धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘हाम्रो धनगढी, सफा धनगढी’ र ‘हरित धनगढी’ जस्ता कार्यक्रमलाई यसले थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
भारतबाट रु १०० भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार कर, नाकामा कडाइपछि किनमेल घट्यो
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली






