बलिउड धनी नायकको सूचीमा शाहरुख खान पहिलो

मुम्बई । बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान भारतका सबैभन्दा धनी अभिनेताको अर्बपति सूचीमा परेका छन् । सन् २०२६ को हुरुन रिपोर्टद्वारा प्रकाशित ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश विवरण अनुसार १.३ अर्ब अमेरिकी डलर (करिब १७० अर्ब रुपैयाँ ) बराबरको सम्पत्तिसहित शाखरुख पहिलो नम्बरमा परेका हुन् । हुरुनद्धारा सार्वजनिक गरिएको यो सूची १५ जनवरी २०२६ सम्मको तथ्यांकका आधारमा विश्वका अर्बपतिको विवरण हो ।

यस सूचीमा शाहरुख खानको प्रवेशले मनोरञ्जन सक्रिय कलाकारहरूको व्यापार, ब्रान्ड र लगानीले विश्वव्यापी आर्थिक प्रभाव विस्तार तथ्यलाई स्पष्ट पारेको छ । बलिउड कलाकाहरु पनि अमेरिकी डलर अर्बपति छन भन्ने यसले प्रस्ट्याएको छ ।

हुरुनको प्रतिवेदन सन् २०२६ मा विश्व अर्बपतिको संख्या बढ्दै गएको छ । चीन अर्बपतिको सूचीमा पहिलो नम्बरमा छ । जहाँ १ हजार ११० जना अर्बपति छन् । संयुक्त राज्य अमेरिका १,००० अर्बपति छन् । यस्तै भारतमा ३०८ जना अर्बपति छन् । जसमा शाहरुख परेका छन् । प्रतिवेदनले प्रविधि, मनोरञ्जन, खेलकुद र समन्वयन सक्रिय व्यक्तिहरूले व्यापारिक लगानी र ब्रान्डको स्वामित्व विकास विकास विस्तारलाई पनि औँल्याएको छ । यता शाहरुख खानको सम्पत्ति केवल चलचित्र पारिश्रमिकमा मात्र होइन। उनले मनोरञ्जन उद्योगसँगै खेलकुद, मिडिया र रियल स्टेटमा गरेको लगानीले पनि अर्बपति बनाएको हो ।

मुम्बईको समुद्र किनारमा रहेको शाहरुखको आलिसान घर ‘मन्नत’ त्यहाँको महँगो मध्यको एक सम्पत्ति हो । दुबईको कृत्रिम टापु परियोजना पाम जुमेराहमा पनि शाहरुखको त्यत्तिकै मात्रामा सम्पत्ति (रियल स्टेट)रहेको छ । यस्तै लन्डनमा पनि उनको महँगो बंगला रहेको छ ।

व्यावसायिक रूप शाहरुख र उनको पत्नी गौरी खानको स्वामित्वमा चलचित्र निर्माण कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’ रहेको छ । यो बलिउडको प्रभावशाली निर्माण संस्था हो । यो कम्पनीले चलचित्र निर्माण, भिजुअल इफेक्ट्स र डिजिटल सामग्री उत्पादनमा लगानी गर्दै आएको छ ।

शाहरुख खान भारतीय प्रिमियर लिग टीम ‘कोलकाता नाइट राइडर्स’ का पनि मालिक हुन् । यो विश्वकै लोकप्रिय टी–२० क्रिकेट प्रतियोगिता गर्ने मध्ये महँगो क्लब हो । यो क्लबले पनि शाहरुखलाई आर्थिक हिसाबले धेरै नै सम्पन्न बनाउँदै आएको छ ।

शाहरुख खान विश्वका धेरै अन्तर्राष्ट्रिय तथा भारतीय ब्रान्डका एम्बेसडर पनि हुन् । विज्ञापनबाटै उनलाई बर्सेनि करोडौँ आम्दानी हुने गरेको छ ।

यति बेला अभिनेता शाहरुख एक्सन थ्रिलर चलचित्र ‘किङ’मा व्यस्त छन् । यो चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् ।ेसन् २०२३ को ब्लक बस्टर चलचित्र ‘पठान’को व्यावसायिक सफलतापछि शाहरुखको लगानी र सिद्धार्थको निर्देशनमा ‘किङ’ निर्माण भइरहेको हो । यो चलचित्रमा शाहरुखसँगै उनकी छोरी सुहाना खान, रानी मुखर्जी, दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर र ज्याकी श्राफ समेतको मुख्य भूमिका छ । चलचित्र ‘किंग’ आगामी २४ डिसेम्बर २०२६ मा विश्वभर प्रदर्शन हुँदै छ ।

हुन त शाहरुख खान भन्दा अघि बलिउडका धनी अभिनेताहरूको सूचीमा अरू कलाकार परिसकेका थिए । एक समय उत्कृष्ट धनी अभिनेतामा पहिलो नम्बरमा अमिताभ बच्चन परेका थिए । पाँच दशक लामो लामो अभिनय करियर, कौन बनेका करोडपति जस्तो टेलिभिजन कार्यक्रम, विज्ञापन र विभिन्न क्षेत्रमा गरेको लगानीबाट धेरै सम्पत्ति आर्जन गरेका उनीलाई बिस्तारै सलमान खानले जितेका थिए । बलिउडका धनी अभिनेताको सूचीमा सलमान खान पनि चलचित्र, टेलिभिजन सो, ब्रान्ड सौन्दर्य र उत्पादन कम्पनी सहित पहिलो स्थानमा पुगेका थिए ।

शाहरुख खान भन्दा अघि यो सूचीमा अक्षय कुमार पुगेका थिए । तर उनी अमेरिकी डलरमा अर्बपतिको सूचीमा परेका थिएनन् । बलिउडका उत्कृष्ट पारिश्रमिक लिने अभिनेताको रूपमा परिचित अक्षय कुमार अभिनयसँगै चलचित्र निर्माण, ब्रान्ड विज्ञापन र विभिन्न स्टार्टअपमा लगानीका कारण दुई वर्ष अघि बलिउडका सबै भन्दा धनी अभिनेताको सूचीमा थिए । त्यसपछिबाट अक्षय कुमारलाई पनि शाहरुखले उछिनेर अर्बपतिको सूचीमा परे । अहिले त अर्बपति अमेरिकी डलर अभिनेताको सूचीमा शाहरुख उक्लेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला