यौन व्यवसायीको कथा बोकेर आयो ‘लालिमा’

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका कारण तीन साता यताबाट नेपाली चलचित्र रिलिज भएको थिएन । यसैबिच आज शुक्रवार २९ फागुनबाट मुलुकका विभिन्न चलचित्र घरमा नेपाली चलचित्र ‘लालिमा’ रिलिज भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार मुलुकका ६ दर्जन चलचित्र घरमा यो चलचित्र रिलिज भएको छ ।

चलचित्र ‘लालिमा’मा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी, सुषमा निरौला लगायतको मुख्य भूमिका छ ।

निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र पाँच हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो । ‘लालिमा’मा रोशनीले यौनकर्मी आमाको भूमिकामा छिन् ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नझुक्ने मानवीय साहसको कथा रहेको निर्देशक मिराजको तर्क छ । चलचित्र’bout निर्देशक मिराजले भने, ‘ चलचित्रको कथा लालिमाको कठिन यौन व्यवसाय यात्रासँग सम्बन्धित छ । लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् ।’

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् । चलचित्रलाई मिराज आफैँले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार