श्रम संंस्कृति पार्टीले लगायो समानुपातिक सांसदको टुंगो

काठमाडौं । श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। आज धरानमा बसेको बैठकले नाम तय गरी निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन्।

उनकाअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन्।

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले बताएको छ ।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा