हत्या अभियोगमा बाबु पक्राउ, छोरा फरार

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो ।

फरार धनबहादुरको छोराको खोजी गर्नुका साथै थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

निजामति कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने