सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका सुर्खेतका छ जना युवाहरु हराएको खबर सोमबार सनसनी फैलियो । इनिसा विक घटनाले देशभर माहौल तताइरहेका बेला सुर्खेतबाटै प्रहरीलाई तनाव दिने गरी घटनाको १० दिनपछि सार्वजनिक भयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी मृत्यु प्रकरण
सिकारीहरुको समूहका एक जना टोपबहादुर खत्रीको भरुवा बन्दुक पड्केर मृत्यु भएपछि अन्य पाँच जना घटना ढाकछोप गर्न भारततर्फ लागेको खुलेको छ । ३३ वर्षीय टोपबहादुर बराहताल १ का बासिन्दा हुन् । अहिले उनको शवको खोजीमा मंगलबार बिहानैदेखि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीका साथै नेपाली सेना र प्रहरी परिचालित छन् ।
निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार सम्भावित क्षेत्रमा ड्रोन क्यामेराको प्रयोग गरी खोजी कार्यलाई तीव्र बनाइएको छ । घटनास्थल निकुञ्ज कार्यालयबाट करिब १७ कोष उत्तरतर्फ पर्ने दुर्गम क्षेत्रमा पर्दछ ।
फागुन २३ गते बराहताल गाउँपालिका–१ का पाँच जना र लेकवेशी नगरपालिका–८ का एक जना गरी छ जनाको समूह सिकार खेल्ने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा प्रवेश गरेको थियो । उनीहरू भरुवा बन्दुक र घरेलु हातहतियार बोकेर करिब १७ किलोमिटर पैदल यात्रा गर्दै घना जंगल क्षेत्रसम्म पुगेका थिए ।
सिकार टोलीमा रेशम समसेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली, टोपबहादुर खत्री र दुर्गाबहादुर सिञ्जाली थिए । स्थानीयका अनुसार उनीहरू मौका छोपेर यसअघि पनि सिकार खेल्न गइरहन्थे । सिकारीको समूह सुगुरखाल नजिकको रातिमाटे क्षेत्रमा पुगेका बेला भरुवा बन्दुक पड्किँदा टोपबहादुर खत्रीको मृत्यु भएको बताइएको छ । यद्यपि बन्दुक कसले बोकेको थियो, वा कसरी घटना भयो भन्ने’bout विस्तृत खुलेको छैन् ।
घटनापछि बाँकी पाँच जना भने तत्कालै घर फर्किए । उनीहरूले आ–आफ्ना परिवारका सदस्यलाई घटना’bout कसैलाई नभन्न आग्रह गर्दै सोही दिन भारततर्फ लागेको खुलेको छ । घटना’bout कसैलाई नभन्न भनेपनि सिकारमा सहभागी सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतारालाई घटना’bout जानकारी गराइन् । महताराले घटना’bout प्रहरी चौकी रानिघाटलाई जानकारी गराए । त्यसपछि मात्रै प्रहरीले घटना’bout औपचारिक रूपमा जानकारी पायो र खोजी प्रक्रिया सुरु गरियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक सूचना प्राप्त हुनासाथ सोमबारदेखि प्रहरी टोली खटाइएको जानकारी दिए । बर्दिया प्रहरीसँग समन्वय गर्दै संयुक्त खोजी अभियान सुरु गरिएको छ, उनले भने ।
तस्बिर : एआई









