उदयपुरमा स्कुल बसले विद्यार्थीको ज्यान लियो

सांकेतिक तस्बिर ।

उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारीमा आङ्खनै स्कुलको बसबाट खसेर एक विद्यार्थीको बुधवार ज्यान गएको छ । बेलका बोर्डिङ स्कूलको को १ ख ३५१६ नम्बरको बसबाट खसेर स्थानीय ९ वर्षिय विद्यार्थी सफल बस्नेतको ज्यान गएको हो ।

भित्री सडक हुदै जहडाबाट हरिपुरतर्फ जाने क्रममा गुडिरहेको स्कुलबसबाट एक्कासी खसेर बालक बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । स्कुल बस र चालक बेलका नगरपालिका –८ का ३४ वर्षिय प्रेम तामाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृतक बालकको शब कानुनी प्रकृयापछि पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । योसंगै उदयपुरमा सवारी दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ । मदन भण्डारी लोकमार्गको कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा दुर्घटनामा खोटाङको बराहापोखरी गाउँपालिका–५ का ३० वर्षिय भुपाल राईको ज्यान गएको हो ।

गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक राईको बुधवार ज्यान गएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?