कांग्रेस केन्द्रीय समितिद्वारा सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो ।

गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामासम्बन्धी पत्र केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पेश भएको थियो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशन’bout पनि छलफल गरेको थियो । त्यही छलफलका क्रममा सभापति थापाको राजीनामा’bout सबै नेताको कुरा सुनेपछि स्वीकार नगर्ने निर्णय आइतबार गरेको हो ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति शर्माले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान