अर्थविद् आचार्यको निधन

काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका थिए। आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेको उनका सहकर्मी तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन्।

क्षेत्रीले भने, ‘म उहाँलाई दुई पटकसम्म भेट्न अस्पताल पनि गएको थिएँ, मिराकल हुने आशा गरेका थियौँ तर दुस्खद खबर पायौँ ।’

उनका अनुसार आचार्यकी छोरी अमेरिकामा रहेकी छिन् । छोरी आइसकेपछि मात्र दाहसंस्कार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएकोमा सोमबार निधन भएको हो।

उनका श्रीमती, एक छोरा र छोरी छन्।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन