काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार प्रतितोला दुई हजार पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार सात सय रुपैयाँ बढेको हो ।
हिजो सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रुपैयाँ बढी हो ।
तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)






