फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा

काठमाडौं । सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ ।

क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताए ।

यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउनु भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले राजधानीमा चलिरहेको राष्ट्रिय पुरुष लिग र महिला फुटबल प्रतियोगिता अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो । सङ्कटाले भने आफ्नो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलालाई बुझाएको अध्यक्ष तुलाधरको भनाइ छ ।

हालको आर्थिक भार, प्रतियोगिता अनिश्चित तथा व्यवस्थापनमा देखिएको चुनौतीले क्लबलाई प्रत्यक्ष असर परेको छ । त्यसैले सम्बन्धित निकाय तथा सरोकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको क्लबको भनाइ छ ।

प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा उपसभापति डीपी अर्याल संसद्को सभामुख बन्ने