अरूलाई प्रेरणा दिँदै क्यान्सर पीडित अभिनेत्री अमान्डा पीट

लस एन्जलस । क्यान्सर जस्तो घातक रोगबाट हलिउड अभिनेत्री अमान्डा पीट संघर्षपूर्ण यात्रामा गुज्रिएकी छिन् । बलिउडदेखि हलिउडसम्मका चर्चित अभिनेत्रीहरूले क्यान्सरसँग लड्दै पुनः जीवनतर्फ फर्किएको प्रेरणादायी कथा सार्वजनिक भइरहेको बेला उनले पनि यो रोगसँग लड्ने साहस देखाई रहेकी छिन् । महिमा चौधरी र मनीषा कोइरालाजस्ता बलिउड अभिनेत्रीले यसअघि नै क्यान्सरलाई जित्दै जीवनमा पुनरागमन गरिसकेको बेला धेरैको सफल उपचारको कथाले आफूलाई साहस मिल्ने गरेको यी अभिनेत्रीले बताएकी छिन् ।

अमान्डा पीटले आफ्नो स्तन क्यान्सर उपचार अनुभव’bout ‘द न्यू योर्कर’मा साझा गर्दै आफ्नो पीडा र संघर्ष ’bout खुलाएकी छिन् । ‘समथिंग्स गोटा गिभ’ र ‘योर फ्रेन्ड्स एण्ड नेबर्स’ सहित थुप्रै हिट चलचित्रमा नायिका बनेर लोकप्रियता हासिल गरेकी उनले नियमित रूपमा वर्षमा दुई पटक स्तन जाँच गराउँदै आएकी थिइन् । तर गत वर्ष श्रम दिवसअघि गरिएको परीक्षणमा क्यान्सर देखिएपछि उनको जीवन एकाएक बदलिएको थियो ।

प्रारम्भिक परीक्षणले सानो ट्युमर देखाए पनि थप जाँचपछि क्यान्सर पुष्टि भएको उनले बताएकी छन्। पति तथा ‘गेम अफ थ्रोन्स’का सह–निर्माता डेभिड बेनिओफसँग रिपोर्टको प्रतीक्षा गर्दा बिताएका त्यो क्षणहरू अत्यन्त तनावपूर्ण रहेको उनको अनुभव छ । उपचार सुरु भएपछि उनले आफूलाई युद्ध लडिरहेको जस्तो महसुस भएको उल्लेख गरेकी छन्।

अमान्डाका अनुसार क्यान्सर पहिलो चरणमै पत्ता लागेकाले उपचार सम्भव भए पनि प्रक्रिया निकै पीडादायी रह्यो। उपचारका क्रममा शारीरिक पीडासँगै मानसिक तनाव पनि झेल्नुपरेको उनले बताएकी छन्। यही अवधिमा उनले आफ्ना आमाबाबु गुमाउनु परेको पीडा झन् गहिरो बनेको थियो ।

अमान्डा पीट यस्ता कुराहरूलाई साझा गर्नु पर्छ भन्छिन् । क्यान्सर जितेर पुनः जीवनमा फर्किएका अन्य चर्चित अभिनेत्रीहरू पनि प्रेरणाका स्रोत बनेको उनले उल्लेख गरेकी छिन् ।

अमान्डाको भनाइमा हलिउड अभिनेत्री एन्जेलिना जोलीले स्तन क्यान्सरको जोखिमपछि सर्जरी गराएर स्वस्थ जीवन अपनाएकी हुन्। शेनन डोहर्टीले लामो समय स्तन क्यान्सरसँग लडेर उपचारपछिको जीवन स्वीकारेकी छन्। जुलिया लुइस–ड्रेफसले पनि स्तन क्यान्सर जितेर पुनः अभिनयमा सक्रियता बढाएकी छन्। सोफिया वर्गाराले थाइराइड क्यान्सर जित्दै स्वास्थ्यप्रति सचेत जीवनशैली अपनाएकी छन्।

यी अभिनेत्रीहरूको अनुभवले क्यान्सर जस्तो गम्भीर रोगसँग जुध्दा समयमै परीक्षण, उपचार र मानसिक दृढताको महत्त्व झल्काउने अमान्डा पीटको कथन छ । यस्ता संघर्ष र पुनरागमनले विश्वभरका बिरामीलाई आशा र हौसला प्रदान गरिरहेको यी अभिनेत्रीले बताएकी छिन् । आफूहरूको संघर्षसँगै सफलताको कथाले धेरै दर्शकहरूलाई क्यान्सर जित्न प्रेरणा मिल्ने गरेको उपचारको क्रमको अनुभव पनि यी अभिनेत्रीले पत्रिकामा साझा गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंलाई २४सै घण्टा खुलाउने तयारी