कन्काई नगरपालिकालाई रामनवमी कपको उपाधि

धनकुटा । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कन्काइ नगरपालिकाले जितेको छ । हिले भलिवल क्लवको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरिय भलिवलको शुक्रबार सम्पन्न फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

फाइनल खेलमा कन्काइ नगरपालिकाले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई २५—१७, २५—२२, २५—१८ को सेटले पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताको विजेता कन्काइ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाएको छ।

कन्काइ नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै तथा रामप्रसाद राई गाउँपालिकाले धनकुटाको पाख्रिवास नगरपालिकालाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका थिए ।

प्रतियोगितामा कोशी प्रदेशका ९ वटा पालिकाको सहभागिता रहेको थियो भने धनकुटाको हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको प्राप्त गर्ने हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक