लमजुङ । लमजुङको दोर्दी गाउँपालिका– ४ को साधिखोलामा एक बृद्धको हत्या भएको छ । एकै व्यक्तिले प्रहार गरेको उसको श्रीमती सहित १० बर्ष बालक समेत घाइते भएका छन् । बुधबार भएको उक्त घट्नामा ७१ बर्षीय काका गर्वलाल गुरूङको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा निधन भएको श्ुक्रबार प्रहरीले जनाएको छ ।
साधिखोला बस्ने ४९ वर्षीय पुरुष बगन गुरुङले ४५ वर्षीया बञ्चरो प्रहार गरेका हुन् । उनले प्रहार गरेको बञ्चरोको चोटले ७१ बर्षीय काका नाताका गर्वलाल गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवम् प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताए । उनका अनुसार गर्वलाल गुरूङलाई थप उपचारका लागि सि.एम.सि अस्पताल चितवन रिफर गरिएको थियो तर सो अस्पतालले उपचार हुन नसक्ने भनि तत्कालै फिर्ता पठाएको प्रदेश अस्पताल लमजुङको आइ.सि.यु कक्षामा उपचार चलिरहेको थियो उनले भने ‘उपचारकै क्रममा घट्नाको तेस्रो दिन आज शुक्रबार निधन भएको हो ।’
‘सधैं जस्तो घर झगडाको अचानक ४९ वर्षीय बगन गुरुङले बञ्चरोले प्रहार गर्दा श्रीमती चिजामायाको देब्रे हात नाडीमा छिनालिएको छ ।’ बञ्चरोको चोटले दायाँ हातको हत्केलामा बञ्चरोको चोटले चिरिएको छ भने बुढी औंला काटिएको चिजाकी नन्द मपु गुरुङले बताइन् । उनका अनुसार चिजाको पेटमा प्रहार गरेको बञ्चरोको चोटले आन्द्रा भुडी समेत बाहिर निस्केको थियो । उनले भनिन्, ‘चिजाको प्रदेश अस्पताल बेसीशहरमा आइ.सि.युमा उपचार भइरहेको छ, तर अवस्था चिन्ताजनक छ ।’
अर्का घाईते बालक १० वर्षीय अमन गुरुङ ठूली आमाको घरमा गएका रहेछन । मस्र्याङदी गाउँपालिका– ८ को बडागाउँका घर भएका अमन गुरुङको चिजा ठूली आमा हुन् मपु गुरुङले जानकारी दिइन् । उनका अनुसार अमनको सिएमसी अस्पताल चितवनमा आइसियुमा उपचार भइरहेको छ । उनको घित्रोमा बञ्चरो प्रहार गरिएको रहेछ, यसको अवस्था पनि चिन्ताजन छ भन्ने खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक अभिशेक पाण्डेले बताए । दुई जनाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।
दोर्दी गाउँपालिका– ५ को छैलुङ गाउँमा स्थायी बसोबास रहेका गुरुङ दम्पतीको परिवार १६ वर्ष अघि साधिखोलामा घर बनाई बसाई सरेर बसोबास गर्दै आएका रहेछन् । चिजामायाको माइती दोर्दी गाउँपालिका– ५ को वाक्सर गाउँ रहेको सो गाउँपालिकाका – ५ की सामाजिक कार्यकर्ता तैमाया गुरुङले जानकारी दिइन । ‘ चिजामाया मेरो साथी हो ।’ उनले भनिन ।
सो घट्ना थाहा पाउनासाथ अस्पतालमा तिनै विरामीको रेखदेख गर्ने, उनीहरूको आफन्तसँग सम्पर्क गर्ने गर्दैमा दिन बित्यो तैमाया गुरुङले बताइन् । उनका अनुसार चितवन पठाइएका बिरामीको उपचार खर्च छैन भन्ने खबर आयो, त्यसपछि त्यही ’round गरेर ५० हजार जति चन्दा संकलन गरेकोमा ३० हजार चितवन पठाएर अरु यही राखेको छ ।
काका, श्रीमती र भतिजालाई बञ्चरो प्रहार गर्ने बगन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएकोमा आज काका गर्वलाल गुरूङको निधन भएपछि कर्तव्य ज्यान मुद्दा लाग्ने भएको प्रवक्ता एवम् प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताए ।
उनका अनुसार आज र भोली विदा भएकोले आईतबार उनी विरूद्धको कर्तव्य ज्यान मुद्दा औपचारिक रूपमा दर्ता गरिने छ । उनले भने, ‘अब बगनका विरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा चलाउने तयारी छ ।’ बगनले करिब १५ वर्ष अघि पनि श्रीमतीलाई ह्याम्बरले कुट्दा १०– १२ वटा टाँका लगाउनु पर्ने स्थिति बनेको र अहिलेकै प्रदेश अस्वताल तत्कालीन जिल्ला अस्पतालमा उपचार गरिएको समेत खुल्न आएको छ । प्रहरीले फोटो खिच्न नदिएको सञ्चारकर्मीहरूले बताएका छन् ।






