स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली दैलेख आउँदै

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

दैलेख । विश्वभरि फैलिएको (कोभिड–१९) संक्रमणले कर्णाली प्रदेशको दैलेख जिल्ला उच्च जोखिममा रहेको छ । कर्णाली कोरोना संक्रमित भएका व्याक्ति संख्या १२३ पुग्दा समेत दैलेखमा ४८ जना संक्रमित रहेका छन भने एक जना कोरोना संक्रमितको शनिबार क्वारेन्टाइनमा मृत्यु भएको छ ।

दैलेखमा पछिल्लो समय भारतबाट घर आउने मानिसको संख्यामा बृद्धि हुन थालेपछि दैलेख कोरोनाको उच्च जोखिममा परेको हो । जिल्लामा कोरोनाको संक्रमित बढन थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सकसहितको टोली आज बिहान दैलेखका लागि हिडेको छ ।

कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन तथा जनस्वास्थ्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली दैलेख पठाएको विज्ञान प्रतिष्ठानले जनाएको छ । चिकित्सकको टोलीमा डा. दिनेश शाही, डा. रोज्निम प्रधान, जनस्वास्थ्य विज्ञहरु प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोली दैलेख आउन लागेको हो ।

कर्णाली प्रदेशको दैलेखमा कोरोनाको थप जोखिम बढ्न नदिन चिकित्सकसहितको टोली पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । काफ्ले अनुसार चिकित्सको टोली एकमहिना दैलेख बस्नेछ । टोलीले स्वास्थ्य सेवा कार्यालय दैलेखले आवश्यकताका आधारमा खटाएको स्थानमा पुगेर कोरोना संक्रमितको उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।

गएको शनिबार दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको क्वारेन्टाइनमा मृत्यु भएपछि दैलेखका नागरिकमा त्रसित बनेका छन् । नेपाल विद्युत प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाईनमा रहेका युवाको समयमै परिक्षण र उपचार नहुँदा उनको क्वारेन्टाईनमा मृत्यु भएको थियो ।

स्वास्थ्य सेवा कार्यालयको इर्मेजेन्सी वार्डमा सिल

आइतबार देखी दैलेख स्वास्थ्य सेवा कार्यालयको इर्मेजेन्सी वार्ड सिल गरिएको छ । इर्मेजेन्सी वार्डमा भर्ना गरिएका एक जना २२ वर्षीय पुरुषमा आरडीटी पोजिटिभ देखिएपछि सिल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । इर्मेजेन्सी वर्डामा भर्ना गरिएका पुरुष सुगरका बिरामी हुन् । आफु एक वर्ष अघि नै भारतबाट आएको बताएपछि इमरजेन्सी वार्डमा भर्ना गरी उपचार थालिएको तर केहि दिनअघि मात्र भारतबाट आएको र क्वारेन्टाइनबाट भागेको खुलेपछि आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि इमरजेन्सी वार्ड सिल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखको कोभिड –१९ फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए । उनले भने, ‘अहिले छुट्टै भवनलाई इमरजेन्सी वार्डको रुपमा प्रयोग गरिएको भने बिरामीलाई सुर्खेत पठाईएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा