ओलीलाई भर्चुअल रूपमा अदालतमा उपस्थित गराइने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अदालत लैजान चिकित्सकहरुले अनुमति नदिएपछि भर्चुअल रूपमा उपस्थित गराइने भएको छ । स्वास्थ्यको कारण देखाउँदै ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो ।

ओलीलाई अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको हो । अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतको दाबी छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन’bout जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिजो शनिबार बिहान उनीहरुकै निवासबाट पक्राउ गरिएको थियो । ओली र लेखकलाई ज्यानसम्बन्धी मुद्दा लगाइएको छ ।

पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ । यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

५ बैशाख २०८३