बर्दिवास मेडिकल कलेज खारेज गर्ने सरकारी निर्णयविरुद्ध प्रधानमन्त्री बालेन्द्र शाहको गृहजिल्लामा प्रदर्शन

काठमाडौं । बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने सरकारको निर्णयविरुद्ध महोत्तरीको बर्दिवासमा प्रदर्शन भएको छ ।

सो आयोजना खारेज गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासीले बर्दिबासस्थित पूर्वापश्चिम राजमार्गमा यातायात बन्द गरेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले बर्दिवासस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।

महोत्तरी प्रधानमन्त्री बालेन्द्र शाहको गृहजिल्लासमेत हो । बालेनको पुख्र्यौली घर महोत्तरीको एकडारामा छ ।

प्रदर्शनमा सहभागी विष्णु बम्जनले अघिल्लो सरकारले स्वीकृत गरेर निर्माणको कामसमेत अघि बढाइसकेको बर्दिवास मेडिकल कलेज वर्तमान सरकारले खारेज गरेपछि महोत्तरीवासी आन्दोलित बनेको बताए ।

बालेन्द्र शाह नेतृत्वको सरकार चैत १३ गते गठन भएको थियो । बालेन्द्र सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बर्दिवास, बुटवल र सुर्खेत मेडिकल पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 733 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान