काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता पठाइदिएको छ ।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदनका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतमा अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।
तर न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेस हुँदा अनुमति नदिएको जनाइएको छ ।एकपटक तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)






