भोलिदेखि तीन दिनसम्म मुग्लिन–नागढुंगा सडक खण्डमा सवारी चलाउन रोक

चितवन । मुग्लिन–नागढुंगा सडक खण्डमा भोलि मंगलबारदेखि तीन दिन रातको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै सडक स्तरोन्नति कार्यका लागि सवारी चलाउन रोक लगाइएको जनाएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–नागढुंगा सडक योजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को घोप्टेभिर लगायतका स्थानहरूमा काम भइरहेको छ । दिउँसोको समयमा सवारी चापका कारण काम गर्न असहज भएपछि रात्रिकालीन समय रोजिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान