प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक भोलि बस्दै

काठमाडौं । संघीय संसद् सचिवालयले भोलि बुधबार बस्नेगरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संघीय संसद्को अधिवेशन आह्वान भइसकेको छ । त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको हो ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता गिरीले जानकारी दिए । राष्ट्रपति पौडेलले सोमबार गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे आह्वान गरेका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय